संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, ९ कार्तिक । संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तरराष्ट्रिय सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।

‘क्रोधरहित संसार’ संस्था, ग्लोबल पिस फाउण्डेशन नेपाल र समृद्धि कलेजद्वारा संयुक्त रुपमा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित संयुक्त राज्य अमेरिका, भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनमा संवेगात्मक साक्षरता र विश्व शान्तिका लागि बौद्धिक विज्ञानमा शान्ति, भावनात्मक कला र रिसको व्यवस्थापन, मानव स्रोत साधनको व्यवस्थापन, व्यावहारिक विज्ञान र व्यवस्थापन, मानसिक स्वास्थ्यको पुनस्र्थापना र बौद्धिक श्रमका लागि आर्थिक विकासको शान्ति लगायतका विषयमा छलफल भएको थियो ।

यसैगरी सम्मेलनमा संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यमा समेत समाविष्ट आन्तरिक शान्तिसहित व्यावसायिक सफलता, शान्तिपूर्ण विश्व समाजको निर्माण र असल जीवनका सङ्गठनात्मक व्यवस्थापन तथा सकारात्मक मनोविज्ञानलगायत विभिन्न सत्रमा अनुुसन्धानकर्ता, विद्यार्थी, प्राध्यापक, शिक्षाविद्, बृद्धिजीवी लगायतका व्यक्तिहरुले ३६ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो ।

संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी सूचना, ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको ‘क्रोधरहित संसार’ का अध्यक्ष देशमर्दन बस्नेतले बताए ।

Loading...