संपदा सरक्षणमा सबैको साथ र सहयेग रहन जरुरि छ – हरिप्रभा खड्गी श्रेष्ठ

कार्तिक ९ ,काठमाडौँ । नेपाल संवत् ११४० आउने पर्खाइ नजिकिदै जादा नेवा समुदाय भित्रका विभिन्न संघ सस्थाहरु सुभकामना आदान प्रदान कार्येक्रममा ब्यस्त देखिन्छन् ।

यस्तै शनिवार १५ नेवार जातीय संघ सस्था द्वारा संयुक्त रुपमा आयोजित बसन्तपुर दरवार क्षेत्रमा गरिएको नयाँ नेपाल सम्बत् न्हुदँया भित्तुना शुभकामना आदान प्रदान कार्येक्रममा प्रमुख अतिथि काठमाडौँ महानगर पालिकाका उप- प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपाल संवत् ११४० को उपलक्ष्यमा न्हुदँया भिन्तुना सुभकामना दिदै आफ्नो भनाइ यसरी ब्यत गरे -” मौलिक पर्वलाइ राष्ट्रिय र अन्तरष्ट्रिय क्षेत्रमा समेत परिचय गराइनु पर्दछ । यस्ता जात्राहरुलाई राष्ट्रिय र अन्तरष्ट्रिय पहिचान गर्नुपदछ भन्ने उदेश्यले यस पतकको राट्रियपर्व इद्रजात्रामा ४७ जना बिदेशी नगर प्रमुख पाहुनाको रुपमा निमन्त्रणा गर्यौ र महानगरको ब्यबस्थापनमा विभिन्न स्थानको अवलोकन समेत गराईदा आउने भ्रमण बर्ष २०२० मा यस्ले पर्येक आगमनमा तेवादिने हामीले आशा लिएका छौ । यसले हाम्रा परम्परा ,कला ,संस्कृति र सम्पदालाइ हामीले नै जोगाउने जिम्मेवारी रहेको छ । नेपाल संवत् का प्रवधक शंखधर साख्वाले जनताको ऋण मोचन गरेको बिषय सन्दर्भ जोडिएको नयाँ नेपाल संवत् न्हुदयाँ भिन्तुना यो दिन लाई भब्य रुपमा मनाउनु हाम्रै जिम्मेवारी भित्र पर्छ । स्थानीय सरकारको जिम्मेवारी भित्र जात्रा पर्व, परम्परा ,संम्पदालाइ बचाउने र जीवन्त तुल्याई राख्न नागरिक को पनि उत्तिकै दाईत्व रहन्छ । महानगरले ५ करोडको सहयोगमा नेवार जाति को संयुक्त संगठन मनका खलको भवन निर्माण आज सिलान्यास भयो । यो हाम्रो कार्येकलामा सम्पन्न हुनेमा हामी आशावादी छौ । सदाझै सम्पदा कसैले बिगार्न कोशिस गरे सडकमा आएर बिरोध ,प्रतिबाद गर्न म  तयार छु । खुल्लमञ्च संगै ब्यापारिक अतिक्रमित रहेको दुइमाजु क्षेत्र गुठि संस्थानले खाली गराउन निर्देशन गरिसक्दा समेत अबज्ञा गरि खाली नगरिदा म स्वयम् गुठि संस्थान पुगी रद्द गराएें। अनिधिकृत रुपमा सम्पदा स्थान कब्जा गरि कमाउन पल्केकाहरु आक्रमक रुपमा आए तर सबैको साथ् सहयोगले मैले रद्द को प्रक्रिया पुरा गराई छाडे ,येसैगरि साथ मिले म एक्लै थाक्दिन होला । सम्पदा मास्न लागिपरेकालाइ समएमानै पहिचान गरिनु पर्दछ । साथै महानगर पालिकाको बजेटले पुरानो इतिहास रहेको भित्रि सहरलाइ पुरानै बाहिरी स्वरुपमा बनाउनसके खुल्ला म्युजियमको स्वरूप लिइ पर्येतकको आगमन बद्नगइ आर्थिक समृदीमा टेवा पुग्न सक्छ ।”

कार्येक्रममा अतिथिकारुपमा नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक उमेश राज जोशी , काठमाडौँ महानगर पालिका १८ वडाका वडा अध्यक्ष न्हुछे काजी महर्जन ,विभिन्न जातिय संस्थाका प्रतिनिधि ,सजका बिषिस्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले नेपाल सम्बत् ११४० को अवसरमा समाजकालागि जातीय एकता रहेको बताउदै सबैमा शुभकामना ब्यक्त गर्दै स्वागत मन्तव्य ब्यक्त गरे ।

Loading...