बेझाड, ५ कात्तिक । भौगोलिक भूबनोटका हिसाबले रामपुर नगरपालिका जिल्लाकै समथर भूभाग हो । शहरीकरणतर्फ उन्मुख यस नगरपालिकाभित्रै रहेका कुमाल समुदायका कतिपय बालबालिका अझै नियमितरुपमा विद्यालय जाँदैनन् । नगरपालिकाको केन्द्र नजिकैको वडा नं ६ स्थित नवदुर्गा माविमा अधिकांश विद्यार्थी कुमाल समुदायका छन् । यहाँ ३३६ विद्यार्थीमध्ये करीब ७४ प्रतिशत विद्यार्थी सोही समुदायका छन् । कुमाल […]
शिक्षा
शिक्षकको तलबलाई रु १४ लाख सहयोग
दमौली, ४ कात्तिक । जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले रु १४ लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सूर्य नेपालले रत्न माध्यमिक विद्यालयमा शिक्षक राख्न रु १४ लाख सहयोग गरेको हो । सूर्य नेपालले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित विद्यालयमा शिक्षक राख्न […]
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
काठमाडौँ, ४ कात्तिक । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरूका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान […]
तलवभक्ता नपाएपछि शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी
धनुषा । चाडवाडको मुखमा तलव नपाएको भन्दै शिक्षकहरुले सबैला नगरपालिकामा तालाबन्दी गरिदिएका छन् । विगत पाँच महिनादेखि तलब नपाएका सबैला नगरका शिक्षकहरुले दशैँ, दिपावली तथा छठ जस्तो समयमा पनि तलब निकासा नगरेको भन्दै तलब निकासाका लागि तीन दिने अल्टिमेटमसहित नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसलाई पनि नगरप्रमुखले वेवास्ता गरेपछि शिक्षकहरुले बाध्य भएर तालाबन्दी […]
नेपाली कापी उद्योग यसरी पर्दैछन सङ्कटमा
बाँके, २ कात्तिक । बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरू बताउँछन् । खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री हुन छाडेका छन् […]
अब्बल बन्दै सामुदायिक विद्यालय
कञ्चनपुर, २ कात्तिक । शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन् । शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ […]
एममडी, एमएस र एमडिमएसको परीक्षा परीक्षा स्थगित
काठमाडौँ, २ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्काे सूचना जारी नभएसम्म स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित भएको थियो । पूर्व सूचनाअनुसार आज परीक्षा सञ्चालन हुँदै […]
स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने गरी लगाइयो रोक
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो। यस किसिमको ‘निर्देशन’ले […]
आफ्ना बच्चालाई सानैदेखि सिकाउनैपर्ने यी ९ कुराहरू
१. ‘नानीदेखि लागेको बानी’ अर्थात बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ । जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नको लागि मद्दत गर्छ ।बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ […]
पढाइ छाडेका बालिकालाई पठाइदैछ पुनः विद्यालयमा
बाँके, २७ असोज । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए । उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान […]











