काठमाडौं, २८ फागुन । टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उनको […]
शिक्षा
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा
काठमाडौं, २७ फागुन । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो । प्रअ अवस्थीको शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले पेश गरेको माध्यामिक […]
अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो
काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा दिन निर्देशन दिएको थियो । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो । यता, शिक्षा मन्त्रालयले […]
स्वयंसेवक शिक्षकमा १२ हजार बढीको आवेदन, सर्टिफिकेटमा राम्रो नम्बर छ उसैलाई प्राथमिकता
काठमाडौं २५ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक वर्षका लागि एक हजार पाँच सय स्वयंसेवक शिक्षकको माग गर्दै आवेदन खुल्ला गरेकोमा १२ हजारभन्दा बढीले अनलाईन आवेदन फाराम भरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं […]
किन कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानीहरु
२५ फागुन । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् । बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुसार नानीहरु कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने गरेको बताईन । उनले […]
अस्ट्रेलिया पढ्न गएका २० वर्षिय नेपालीमा कोरोनाको संक्रमण
काठमाडौं, २५ फागुन । नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट […]
काठमाडौँकै एक स्कूलमा नम्बर कम ल्याएको भनेर ब्लेडले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका
काठमाडौँ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेड (पत्ति)ले चिर्न लगाएर ‘निर्मम’ सजाय दिने शिक्षिकालाई बर्खास्त गरी अनुसन्धान सुरु गरिएको काठमाडौँको जडिबुटी स्थित जागृति एकेडेमीले जनाएको छ । सामाजिक शिक्षाको परीक्षामा कम नम्बर ल्याएको भन्दै विगत १२ वर्षदेखि अध्यापनरत शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गएको हप्ता कक्षा ६ र ७ मा अध्ययनरत ३० भन्दा बढी […]
साताव्यापी कारखाना मेला स्थगित
काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् । फाल्गुन २४ गतेदेखि चैत १ गतेसम्म मेला सञ्चालन हुने तय भएपनि स्थगित गरिएको हो । मेला स्थगित भएपनि कारखानाको कार्यालयमा आएर शैक्षिक साम्रगीको अवलोकन […]
धनगढी उपमहानगरपालिकाद्वारा शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय
कैलाली । धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै सरोकारवालाको बैठकले सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलाप अर्को […]
विद्यालय बन्द हुँदैनन्, एसईई पनि रोकिदैन, हल्लाको पछि नलागौं– शिक्षा मन्त्रालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा गरिएको साथै, एसईई परीक्षा नै स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । मन्त्रालयले भनेको […]









