शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य गर्न युरोपेली राष्ट्रहरूको माग

काठमाडौं । युरोपेली राष्ट्रहरूले युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिकाले रसियासँग गर्न लागेको शान्ति वार्तामा किभको सहभागिता अनिवार्य हुनुपर्ने माग गरेका छन् । उनीहरूले रसियासँगको कुनै पनि शान्ति वार्तामा किभ (युक्रेन) लाई अनिवार्य रूपमा सहभागी गराउनुपर्ने अडान लिएका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली आयोगका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । अमेरिकी […]

दुई दिनमा चार दर्जन बलुचिस्तानी बिद्रोही मारिएका पाकिस्तानको दावी

इस्लामबाद, । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेको दावी गरेका छन्।  पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो। झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७–८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८–९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका […]

रूस–युक्रेन युद्धविरामका लागि युरोपेली नेताहरूले राखेका पाँच सर्त

काठमाडौँ । युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन्। ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका हुन्। फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले शनिबार संयुक्त विज्ञप्ती जारी गरेर युक्रेनमा जारी युद्ध अन्त्यका लागि कुटनीतिक […]

गाजा क्षेत्र कब्जा गर्न खोजेको इजरायललाई पाँच मुस्लिम देशको चेतावनी

काठमाडौँ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्र ‘कब्जा’ गर्ने योजनालाई अनुमति दिएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका छन् । गाजामा जारी युद्धका दौरान इजरायलले कब्जाको रणनीति बनाएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका हुन् । साउदी अरब, पाकिस्तान, कतार, कुवेत, टर्कीसहित कयौँ देशहरू र इस्लामिक सहयोग संगठन (ओआईसी)ले इजरायलको पछिल्लो कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका छन् […]

चीन भन्छ- अब मानवले होइन, रोबोटले युद्ध गर्छ

बेइजिङ, न्यूजकारखाना । चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ।  हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए। ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास हो। यसै प्रयासको […]

जम्मु कश्मीरमा भारत जवाफदेही हुनुपर्नेमा जोड, नेपाललाई मध्यस्थता गर्न सुझाव

काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ।  गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो। राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त […]

इजरायलले गाजा कब्जाको प्रयास गरे अमेरिकाले अवरोध नगर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा कब्जा गर्ने योजनामा अवरोध नगर्ने बताएका छन् । सन् २०२३ मा अक्टोबरमा इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि अमेरिकाले लगातार सैन्य सहयोग गरिरहेको छ । अहिले गाजाको ८६ प्रतिशत जमिन आफ्नो कब्जामा लिइसकेको जनाइएको छ । अहिले नै समस्यामा रहेको गाजाबासीहरु लगातारको बमबारीका कारण […]

जहाज उड्न थालेपछि आत्तिएका व्यक्तिलाई सँगै बसेका यात्रुले थप्पड हानेपछि….

मुम्बई । भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको […]

रुसी पूर्वराष्ट्रपतिको भनाइसँगै ट्रम्पद्वारा परमाणु पनडुब्बीहरू तैनाथ गर्ने घोषणा

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका ‘उत्तेजक’ भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्। शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले भने, ‘पूर्व रुसी राष्ट्रपति मेदवेदेवको अत्यन्तै उत्तेजक बयानलाई मध्यनजर गर्दै मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको […]

ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]