वासिङ्टन डीसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी आयात कर सम्बन्धी नीति खारेज गरेलगत्तै ट्रम्पले १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। न्यायाधीशहरूले गत वर्ष ह्वाइट हाउसले घोषणा गरेका अधिकांश विश्वव्यापी भन्सार करलाई गैरकानूनी घोषित गरेपछि ट्रम्पले नयाँ भन्सार कर अघि सारेका हुन् । ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै ट्रम्पले सर्वोच्च अदालतको आदेशलाई […]
विश्व
ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, ट्यारिफ नीति खारेज
काठमाडौँ । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि लागू गरेको विश्वव्यापी भन्सार महसुल (ट्यारिफ) सम्बन्धी विवादास्पद निर्णयलाई बदर गरिदिएको छ। अदालतले ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय गरेको ठहर गर्दै ६–३ को बहुमतले महसुल खारेज गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जोन रोबर्टससहित तीन अनुदारवादी न्यायाधीश र तीन उदारवादी न्यायाधीशहरूले महसुलको […]
ट्रम्पले इरानलाई दिए १५ दिनको अल्टिमेटम
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन्। अन्यथा इरानले अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ‘१०/१५ […]
बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ
काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने गत वर्ष नै गुमाइसकेका छन् । यसर्थ उनी पूर्व राजकुमार मात्रै हुन् । राजकुमार उपाधि गुमाइसकेपछि उनले रोयल लज, प्यालेस […]
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन जेनेभा वार्ता
जेनेभा । युद्ध अन्त्यका लागि रुस र युक्रेनबिच स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि बढेको बताएका छन् । वार्ता अमेरिकाको मध्यस्थतामा भएको हो । यसअघि जनवरी र फेब्रुअरीको सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि अमेरिकाको मध्यस्थता वार्ता भएको थियो […]
अमेरिकाले विनाशकारी युद्धपोत इरान नजिक तैनाथ गरेको पुष्टि
काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ । वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको हो । उक्त विमानवाहक युद्धपोत जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए […]
आप्रवासी नीतिमा अदालतले ४४०० पटक दिइसक्यो आदेश, तर मान्दैनन् ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकाल सुरू गर्ने बित्तिकै सबैभन्दा आक्रामक अवैध आप्रवासी विरूद्ध देखिए। हजारौं संख्यामा रहेका आप्रवासीहरूलाई पक्राउ गर्दै सम्बन्धित देशहरूमै फिर्ता पठाइदिए। अवैध आप्रवासीहरूलाई हतकडी र नेल लगाएर उनीहरूको देश फर्काएको विषयमा विश्वव्यापी आलोचना पनि भएका थिए। आप्रवासीहरू विरूद्ध ट्रम्पको आक्रामक नीतिहरूको सिकारमा वैध आप्रवासीहरू पनि परे। एकजना व्यक्तिलाई त […]
रूसी विपक्षी नेता नभाल्नीको मृत्यु ‘भ्यागुताको विष’बाट भएको युरोपेली देशहरूको दाबी
लन्डन । रुसी विपक्षी नेता तथा क्रेमलिनका कटु आलोचक एलेक्सी नभाल्नीको मृत्यु दक्षिण अमेरिकी ‘पोइजन डार्ट फ्रग’ (विषाक्त भ्यागुता) मा पाइने घातक विषका कारण भएको पाँच युरोपेली देशले दाबी गरेका छन्। बेलायत, स्विडेन, फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नभाल्नीको शरीरबाट लिइएका नमुनाहरूको विश्लेषण गर्दा एपिबेटिडिन नामक रसायनको उपस्थिति निर्णायक रूपमा […]
विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएका छन् । संसारकै सबैभन्दा ठूलो भनिएको युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएको उनले शुक्रबार पुष्टि गरेका छन् । ‘विमानवाहक पोत चाँडै मध्यपूवका लागि रवाना हुनेछ । यदि, इरानका साथ सम्झौता भएन भने यूएसएस […]
बीएनपीले विजयी जुलुस र उत्सव नमनाउने, त्यसको सट्टा ‘प्रार्थना सभा’ गर्ने
ढाका । बङ्गलादेशको आम निर्वाचनमा सानदार जित हासिल गरेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले देशभर विशेष ‘प्रार्थना कार्यक्रम’ को घोषणा गरेको छ। बीएनपीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबारको नमाज (जुम्मा) पछि देशभरका मस्जिदहरूमा विशेष प्रार्थना सभा आयोजना गरिनेछ। यो कार्यक्रम मुख्यतया दिवङ्गत नेता खालिदा जियाको स्मरण र देशवासीको समृद्धिका लागि केन्द्रित हुने समाचारमा उल्लेख […]










