काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने र त्यसको मूल्य सरकारले चुकाउनुपर्ने स्पष्ट […]
ननस्टप विशेष
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख अधिकारीको असामयिक निधन
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ । अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । […]
स्थानीयको दबाबपछि सशस्त्रका एसपी आफैंले लिए सईलाई नियन्त्रणमा
न्यूजकारखाना, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन्। महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्। त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो। महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब […]
तराईमा आज होली, सरकारको सार्वजनिक बिदा
आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको […]
एनप्याब्सन भक्तपुर मातहत अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता, यी हुन् बिजेता
भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयमा कक्षा ४ र ५ लाई लक्षित गरी बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण-८ स्थित पारिजात विद्याकुन्ज स्कूलको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा कक्षा ५ अन्तर्गत रुबी भ्याली स्कूलका अभिक ढकाल प्रथम भएका छन् । प्रतिस्पर्धामा द्धितीय स्थान डेमोस स्कुलकी उपेक्षा तामागं […]
पाकिस्तानी सेनाको कारवाहीमा मारिए बिद्रोही, रेल यात्रुहरूको उद्धार
न्यूजकारखाना, काठमाडौँ । पाकिस्तानी सेनाले अशान्त बलुचिस्तान प्रान्तमा बन्धक बनाइएका रेल यात्रुहरूलाई उद्धार गरेको दाबी गरेको छ । सेनाले बलुच विद्रोहीहरूले २१ यात्रु र चार सैनिकको हत्या गरेको बताएको छ । यसअघि सुरक्षा बलले १९० यात्रुलाई उद्धार गरिएको बताएको थियो । रेल अपहरण गर्ने संगठन बलुचिस्तान लिबरेशन आर्मीले ५० बन्धकहरूलाई मारेको दाबी गरेको छ । […]
भक्तपुरमा ट्रकको ठक्करबाट गयो मोटरसाइकल चालकको ज्यान
भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटर साइकललाई बुधबार अपराह्न ठक्कर दिँदा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षिय श्यामकृष्ण कायस्थ रहेका […]
बेनिघाट रोराङ गाउँपालिकालाई प्रदेश सरकारको ग्रामिण अल्ट्रासाउन्ड मेसिन
बागमती प्रदेश सरकारले धादिङको बेनिघाट रोराङ गाँउपालिकालाई ग्रामिण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई बुधबार सो मेसिन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रका गर्भवती महिलाको भ्रुण जाँचमा मेसिन प्रयोग […]
चितवनस्थित नमूना विद्यालय वीरेन्द्रआदर्श माविको विब्यसमा तेस्रोपटक पनि कँडेलकै नेतृत्व
चितवन । चितवनको राप्ती-७ वीरेन्द्रनगरस्थित वीरेन्द्र आदर्श माद्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः घनश्याम कँडेल चयन भएका छन् । कँडेल तेस्रो पटक पनि अध्यक्ष कायम रहन सफल भएका हुन् । वडाध्यक्ष सुमिता डल्लाकोटी र नगरपालिकाको शिक्षा शाखाकी अधिकृत रवीना देउजा लगायतको उपस्थितिमा बुधबार सम्पन्न भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष कडेलसंगै सबै […]
सेन्सरले रोक्यो राजागंज
न्यूजकारखाना, काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो । सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको […]











