करिब २५ करोड सहित पक्राउ परेका ट्रक चालक यस् अघि सुन तस्करीमा संलग्न

२५ करोड बराबरको बिदेशी मुद्रा डलर र युरोसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । गएराति प्रहरीले काठमाडौको टोखा नगरपालिका-१ झोरमा चेकजाँच गर्दा ना १ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद भएको थियो । डिएसपी अनिल घिमिरेको कमान्डमा रहेको प्रहरी टोलीले करिब २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, […]

अनिवार्य बिदामा गभर्नर महाप्रसाद अधिकारी, नयाँ गभर्नर नियुक्त हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने बिदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि  बिदामा बसेका हुन् । उनी १० दिने अनिवार्य बिदामा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बाँकी रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् । सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल […]

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित सम्पत्ति जफत

काठमाडौँ, ४ चैत। सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित ६जनाको घरजग्गा जफत गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार यससम्बन्धी निर्णय गरेको हो । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री रमेश लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको उनको सचिवालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार […]

प्रहरीमा सुधार आवश्यक छ र सुरुवात आफैंबाट गर्छु : महानिरीक्षक थापा

काठमाडौ । नेपाल प्रहरीका नवनियुक्त  प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए । महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान […]

नयाँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।  यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो। थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी […]

भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा

विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]

ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]

मध्यपुर थिमिमा दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले आधा दर्जन ब्यवसायमा लाखौंको क्षति

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि- ४ स्थित एक दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले ११ लाख रुपैयाँ बढी धनमालको क्षति पुर्याएको छ । आइतबार पौने १ बजे २३ वर्षिय सञ्चालक सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा आगलागी हुँदा आधा दर्जन ब्यवसायीले क्षति ब्यहोर्नु परेको हो । करेन्ट सर्ट भई दुनोट फ्याक्ट्रीमा आगलागी भएको र आसपासमा रहेका पसल तथा व्यवसायहरुमा समेत […]

होटल एसोसियसन नेपाललाई प्रमुख मजदुर संगठनहरुको यस्तो पत्र

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल(हान)लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै उनीहरूले आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्बजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्त, […]

काँग्रेस एमाले प्रतिगामी धारमा मिल्ने खतरा रहेको प्रचण्ड खुलासा, नेमकिपाको प्वाँख पलाएको टिप्पणी

भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको तीन धारमध्ये अग्रगामी धारको नेतृत्व आफ्नो पार्टीले गरेको बताएका छन् । यथास्थितिवादी धारमा रहेका नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरु मौका मिल्नासाथ प्रतिगामी धारमा मिल्ने खतरा रहेको समेत उनले खुलासा गरे । शनिवार भक्तपुरको सूर्यविनायकस्थित योयो बैङ्क्वेटमा आयोजित पार्टीको प्रशिक्षण […]