आइतबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । सरकारले राजपत्रमै सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गत वर्ष पनि रामनवमीमा सार्वजनिक बिदा दिइएको थियो । चैत शुक्ल पक्षको नवमी तिथीका दिन […]

पलान्चोक भगवतीको ७० हजार लिएर फरार अभियुक्त अढाई वर्षपछि प्रहरी फन्दामा

काभ्रे । काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फुटाई नगद ७० हजार चोरी फरार भएको घटनाको करिब अढाई वर्ष पछि काभ्रे प्रहरीले एक अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । अभियुक्त काभ्रेकै खानीखोला-७ का ३० वर्षिय रविन खुलाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटिका […]

थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरुलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै […]

बँदेल मार्न राखेको पासोले ज्यान लिएको आशंका, शव लुकाउने तीन प्रहरी फन्दामा

सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ।  मृतक महिलाको शव लुकाएको अभियोगमा  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका  १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न  राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ […]

प्रधानमन्त्रीले पेलेपछि मेयरले प्रयोग गरे नगर प्रहरी, उपमेयर सुनितालाई सास्ती

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई सास्ती भएको छ । आफू नेकपा एमालेबाटै उपमेयर निर्वाचित भएकाले प्रधानमन्त्री केपी ओली र  सरकारको पक्षमा उभिनु उनको बाध्यता बनेको छ । मेयर बालेन शाहले प्रमुख प्रशसकीय अधिकृतलाई कार्वाही गर्ने भनिरहँदा उहीँ कार्यकारी सरकारले पठाइदिएपछि सरकार र बालेन आमने सामने भएका छन् । उनलाई रोक्न मेयरले नगर प्रहरी परिचालन गरेका […]

सर्बिया पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा भक्तपुरका माक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका प्रहरीले जनाएको छ । माक कागेश्वरी मनोहरा नगरपालिका–४ बस्दै आएका र प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको बताइएको छ ।  उनले सर्बिया पठाइदिन्छु भन्दै […]

आन्दोलनरत शिक्षकलाई बार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, । आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय […]

सरकार र नेपाल स्काउट शुद्धिकरण अभियानबीच ५ बुँदे सहमति, अनशन स्थगित

ललिता साह, काठमाडौ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सहसचिव सुवास चन्द्र शिवाकोटीको नेतृत्वमा गठन गरेको सरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबिच ५ बुँदे सहमति भएको छ । मन्त्रालयमा बुधबार अबेर भएको सहमतिअनुसार अनसन टोडिएको हो । सहमति संगै  युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले अनसन स्थलमै पुगि ८ […]

स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]

प्रतिनिधि सभा सदस्य बोहराको निधन

काठमाडौं । प्रतिनिधि सभा सदस्य दिपक बोहोराको निधन भएको छ । ७८ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । राप्रपाका नेता बोहराले रुपन्देही- ३ बाट नेपाली कांग्रेसका बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।  रुपन्देहीमा उनले सुरु गरेको “भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना” भैलुभुज को कारण उनी लोकप्रिय रहेका छन् । […]