दोश्रो मेयर कप टेबुल टेनिस प्रतियोगिता हुने

  कार्तिक १९ ,ललितपुर । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा कार्तिक २३ गते शनिबार बाट सप्ताहव्यापी मेयर कप टेबुलटेनिस प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिकाका १६ न वडा अध्यक्ष निर्मल रत्न शाक्यले विभिन्न १२ इभेन्टका टेबुलटेनिस प्रतियोगिता हुने बताउनुभयो । प्रतियोगितामा महिला ,पुरुषतर्फ गरि सिंगल र डबलमा खेलिने छ । […]

न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

नेल्सन, १९ कात्तिक । न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी २० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी […]

महिला भलिबल टोली स्वदेश फर्कंदै

काठमाडौँ, १८ कात्तिक । घरेलु भूमिमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभिसी एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्कंदै छ । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि २० दिन थाइल्यान्डमा रहेको नेपाली टोली आज साँझ स्वदेश फर्कन लागेको नेपाल […]

नेपाली खेलाडीले जापानी खेलाडीलाई हराउँदै रचे नयाँ इतिहास

काठमाडौँ, १८ कात्तिक । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी […]

एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती

काठमाडौँ, १८ कात्तिक । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन […]

जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

काठमाडौँ, १८ कात्तिक । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन, । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका छन । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी […]

नेपाली टोली म्यान्मातर्फ

काठमाडौँ, १७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटलब टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोली आजै त्यसतर्फ प्रस्थान गर्ने […]

विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य

भद्रपुर, १६ कात्तिक । नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जाएका छन् । उनलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ । यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा […]

अन्तर्राष्ट्रिय गोल्डकप फुटबल हुँदै

झापा, १४ कात्तिक । शनिबारदेखि झापामा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीको सहभागीता रहने खेल संयोजक अभिनाश राईले जानकारी दिए […]

फुटबल टोली भारत प्रस्थान

कैलाली, १४ कात्तिक । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको टोली फुटबल प्रतियोगिता खेल्न आज भारत उत्तराखण्ड राज्यको चम्पावत प्रस्थान गरेको छ । टोली शुक्रबारदेखि शुरु ‘अलइण्डिया काली कुमाउ कप प्रतियोगिता’मा सहभागी हुनेछ । फुटबल टोलीलाई आज धनगढीमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिदाइ गरे । बिदाइका क्रममा उनले भारतमा गएर सुदूरपश्चिम प्रदेश र नेपालको […]