सोसिडाडमाथि रियल मड्रिडले निकाल्यो प्रभावशाली जित

एजेन्सी । शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट एक–एक गोल भएको थियो। यस्तै दोस्रो हाफमा रियल मड्रिडले दुई गोल थप गरेको हो।

दोस्रो मिनेटमा नै विलिएन जोसेले गोल गर्दै रियल सोसिडाडले सुरुवाति अग्रता लियो। तर ३७ औँ मिनेटमा करिम बेन्जिमाले रियल मड्रिडका लागि बराबरी गोल गरे । ४७ औँ मिनेटमा फेडेरिको भाल्भेर्दे तथा ७४ औँ मिनेटमा लुका मोड्रिकले गोल गरेर टिमलाई जित दिलाए ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको १३ खेलबाट २८ अंक भएको छ । समान २८ अंक नै भए पनि बार्सिलोना भने शीर्ष स्थानमा छ ।

Loading...