गुठीचौरमा भलिवल प्रतियोगिता, देउती बजैलाई पराजित गरी सुधार क्लबले गर्यो उपाधि कब्जा

जुम्ला, १० कात्तिक । गुठीचौर गाउँपालिकाको आयोजनामण्ण सञ्चालन गरिएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि समाज सुधार युवा क्लबले प्राप्त गरेको गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्यांकोटको समाज सुधार युवा क्लबले सोही गाउँपालिका–५ कुम्डीको देउतीबजै युवा क्लबलाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । गाउँपालिकाले प्रथम स्थान हासिल गर्ने समाज सुधार युवा क्लब […]

पन्त र भट्टको जोडीले जिते शुक्लाफाँटा ब्याडमिन्टनको उपाधि

भीमदत्तनगर, १० कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा ब्याडमिन्टन कपको उपाधि प्रदिपराज पन्त र तेजराज भट्टको जोडीले जितेको छ । झलारी बजारमा आज सम्पन्न फाइनल खेलमा पन्त र भट्टको जोडीले कमलराज पाण्डेय र महादेव भट्टको जोडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । पाण्डेय र भट्टको जोडीले सो खेल २१–१९ र २१–१९ अङ्कले जिते । उपाधीसँगै उनीहरूले […]

जेसीज विकास रनिङ शिल्ड पुलिसलाई

चितवन, १० कात्तिक । विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी […]

नेपालले म्यान्मासँग खेल्ने

काठमाडौँ, ८ कात्तिक । नेपाली २३ वर्षमुनि यु–२३ राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद साग को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ । साग भने […]

भारत तेस्रो टेस्टमा विजयी

राँची, ५ कात्तिक । भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी भयो । चौथो दिनको मंगलबारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम दुई विकेट पतन भएको थियो । भारतका लागि अन्तिम २ विकेट शाहबाज […]

सागका लागि बीच भलिबलको मैदान निर्माण

कास्की, ३ कात्तिक । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष गरेर यहाँ बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ । बीच भलिबलको […]

ह्याण्डबल खेलाडी छनोट

कास्की, १ कात्तिक । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का लागि ह्याण्डबल खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको छ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि बिहीबार महिला र पुरुषतर्फ १६÷१६ खेलाडी छनोट गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा […]

वुमन्स च्याम्पियन्स लिगमा काठमाडौँद्वारा पोखरा पराजित

काठमाडौँ, ३० असोज । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा क्याट क्विन्स काठमाडौँ विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले पोखरा पल्टनलाई ८२ रनले हरायो । बुधबार भएको उद्घाटन खेलमा काठमाडौँ चितवनसँग पाँच विकेटले पराजित भएको थियो । आज पहिले […]

पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा

काठमाडौं, २८ असोज । नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तानी पद छाडेको घोषणा गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको […]

सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष

नयाँदिल्ली। भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ […]