काठमाडौँ, २४ असोज । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरूपमा आज बिदाइ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकलाई सङ्गठनको तर्फबाट बिदाइ गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च आत्मबलका साथ नेपाली सेना अनुशासनको […]
खेलकुद
साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो : मन्त्री विश्वकर्मा
कास्की, २३ असोज । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् । पोखरामा निर्माणाधीन खेल पूर्वाधारको आज निरीक्षण गर्दै उनले निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पारे । […]
छेलो हान्ने प्रतियोगिता राजेन्द्र तामाङले जिते
धादिङ, २१ असोज । प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ । गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई सम्मानसाथ गाउँ घुमाइने गरिन्छ । राजेन्द्र तामाङ यस वर्षको छेलो विजेता घोषणा भएका छन् । उनलाई गाउँबासीले सोमबार माला लगाएर गाउँ परिक्रमा गराएको आयोजक टेकबहादुर […]
खेवाङ गोलकपको उपाधि लालिगुराँसलाई
ताप्लेजुङ, २१ असोज । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोलकपको उपाधि लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले हात पारेको छ । बडादशैँ तथा शुभ दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १–० गोल अन्तरले पराजित गर्दै लागिलुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले उपाधि हात पारेको हो । लालिगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो […]
बिनोद र करनको करियरकै उत्कृस्ट प्रदर्शन, हंगकंग ४ विकेटले पराजित
ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा हंगकंगलाई ४ विकेटले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै हंगकंगले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सोमबार नेदरल्याण्ड बिरुद्ध खेल्नेछ। लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रहेको थियो। कप्तान […]
ओमानमा ५ देश सम्मिलित टि-२० सुरु, नेपालको पहिलो खेल हंगकंगसंग ( सम्पूर्ण जानकारी )
जिम्बाब्वे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्दैछ। आज सुरु भएको प्रतियोगिता अक्टोबर ११ सम्म संचालन हुनेछ। १८ अक्टोबर देखि युएईमा सुरु हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि ओमानले यो सिरिजको आयोजना गरेको हो। सिरिजमा आयोजक ओमान र नेपाल सहित, हंगकंग, नेदरल्याण्ड र आयरल्याण्ड पनि […]
‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई
भरतपुर, १९ असोज । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जितेका छन् । चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जितेका हुन् । नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उनले नगद १५ हजार र प्रमाणपत्र […]
चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै मङ्गलराज
सिञ्जा, १७ असोज । गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए । तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए । […]
धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा
काठमाडौँ, १६ असोज । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग डिपिएल को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् राखेप र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए । विभिन्न […]
साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
भीमदत्तनगर, १६ असोज । प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रुपमा उदाउँदै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग मा प्रतिनिधित्व गर्दैछन् । आगामी मङ्सिरमा नेपालमा हुने १३ […]









