गुठीचौरमा भलिवल प्रतियोगिता, देउती बजैलाई पराजित गरी सुधार क्लबले गर्यो उपाधि कब्जा

जुम्ला, १० कात्तिक । गुठीचौर गाउँपालिकाको आयोजनामण्ण सञ्चालन गरिएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि समाज सुधार युवा क्लबले प्राप्त गरेको गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्यांकोटको समाज सुधार युवा क्लबले सोही गाउँपालिका–५ कुम्डीको देउतीबजै युवा क्लबलाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

गाउँपालिकाले प्रथम स्थान हासिल गर्ने समाज सुधार युवा क्लब गज्यांकोटलाई नगद ४५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र उपलब्ध गराएको छ । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने देउतीबजै युवा क्लब कुम्डीलाई नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकूद विकास समिति जुम्लाका प्रमुख भलिबल प्रशक्षिक बरमबहादुर महतले बताए ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकास गर्न गाउँ कार्यपालिका, गाउँ सभाबाटै बजेट विनियोजन गरी खेलकूद प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले भने, “विद्यालय स्तरदेखि खेलकूदलाई प्राथमिकता दिँदै खेलमैदान निर्माण र खेलकूदका सामग्री पनि उपलब्ध गराउँदै आएका छौँ ।”

गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप प्रतियोगितामा भलिबल, फुटबल, एथेलेटिक्स, हाजिरीजवाफ, हाइजम, लमजम लगायतका खेलकूद प्रतियोगिता सञ्चालन गरिएको खेल सञ्चालन समितिका संयोजक उमेश न्यौपानेले बताए । उनले भने, “शनिबार भलिबलको फाइनल प्रतियोगिता भए पनि अन्य खेल कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ ।”

Loading...