खेलकूद विकास समिति पदाधिकारीविहीन

जुम्ला, १२ भदौ । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो । समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न […]

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

काठमाडौँ, ११ भदौ । भारतमा जारी साफ यू–१५ पन्ध्र वर्षमुनि च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क […]

लम्बाइ १२० मिटर र ७१ चौडाइ मिटर को खेलमैदान निर्माण

म्याग्दी, ११ भदौ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले […]

राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ, ६ भदौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फा ले जनाएको छ । कतारमा सन् […]

क्रिकेट छाडेर जम्मु कास्मिर गस्ती गर्न किन पुगे धोनी !

एजेन्सी । सधैँ क्रिकेट मैदानमा ब्याट घुमाएका देखिने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी केही दिन जम्मु कास्मिरमा राइफल भिरेर गस्ती गरिरहेका भेटिए । धोनीले १०६ प्रादेशिक बटालियनमा रहेर ३१ जुलाईदेखि १५ अगस्टसम्म सेनाको रूपमा काम गरेका थिए । प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गरेका थिए । […]

एसिया कपमा सहभागी हुने खेलाडी छनोट

काठमाडौँ, ५ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सो टोलीमा छनोट हुनेहरूमा […]

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा नेपाल बाहिरियो

काठमाडौँ, ४ भदौ । घरेलु मैदानमा पहिलोपटक आयोजना भएको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल बाहिरिएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु कोर्टमा खराब […]

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ ९उन्नाइस वर्षमुनि० एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल एसिसी ले आज सार्वजनिक […]

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल: नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ ।ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले साँझ ५ बजे माल्दिभ्सको सामना गर्दैछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि माल्दिभ्सविरुद्वको खेल जित्नै पर्ने […]

पाथीभरा गोल्डकपको सेमिफाइनलमा आज इलाम र सुनसरी भिड्दै

ताप्लेजुङ, ४ भदौ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको हो । सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । रेडहर्ष इलाम भने […]