६ ओभरको खेल सकिँदा ओमानको २० रन

काठमाडौं, २६ माघ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्द्धा गरिरहेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा अहिले भईरहेको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमान जवाफी ब्याटिङ गरिरहेको छ । ६ ओभरको खेल सकिएको छ । ओमानले बिना विकेटको क्षतीमा २० रन जोडेको छ ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो भने शनिवार भएको दोश्रो खेलमा नेपालले हिजो अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । कमजोर ब्याटिङ गरेको नेपाललाई ओमनसँग बदला लिन ब्याटिङ सुधार गर्नुपर्ने चुनौती छ । लगातार दुई जित निकालेको ओमनको मनोबल आज उच्च रहेको छ । ओमनले दोस्रो खेलमा अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा रहेको छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका, ओमन,स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ ।

२ खेलबाट नेपालको दुई अंक हुँदा ८ खेल खेलिसकेको पपुवा न्युगिनी अंकविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

Loading...