सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं २३ माघ । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६९१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । ११ खेलबाट मछिन्द्रले २५ अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ ।मच्छिन्द्रले खेलको पहिलो हाफमा १ गोल गर्‍यो भने दोस्रो हाफमा पाँच गोल थप्यो ।

खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए ।रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । त्यसैगरी खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो ए ले गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे ।

त्यस्तै खेलको ८७औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क छ ।

Loading...