राखेपको सदस्यसचिवका लागि तीन जनाको सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपको सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीन जना सिफारिस भएका छन्। सिफारिस हुने अन्यमा महिला भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपा नेता लिलबहादुर थापा छन्। युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितीले एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको हो। थापा सत्तारुढ नेकपाको पोलिटब्युरो सदस्य हुन्। […]

झुटा जिल्ला संघ गठन प्रति नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यान आकर्षण ( प्रेस बिज्ञप्ति सहित )

श्रावण ५ ,काठमाडौँ। नेपाल बक्सिङ्ग संघले राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी खादा गरेर जिल्ला संघ गठन गरेको प्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ। संघले मिति २०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित कसैले संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएको र यस किसिमको […]

च्याम्पियन्स लिग चेल्सीको अर्को जित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ । घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको जितमा पहिलो […]

अर्को जित निकाल्दै रियल म्याड्रिड ला लिगा उपाधि नजिक

काठमाडाैं । रियल मड्रिडले अब मात्रै एक जित निकाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ ले पराजित गरेसँगै रियल मड्रिड उपाधिको एक जित पर पुगेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गरेको दुई गोलको सहयोगमा रियल मड्रिडले जित निकालेको हो। उसका लागि फेर्ल्याण्ड […]

सन्दीप लामिछाने एक करोड ८ लाखमा क्यारेबियन लिगमा अनुबन्धित

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई […]

काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग

काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि […]

लुकाकु र मार्तिनेजको गोलमा इन्टरमिलान इटालियन सिरीमा विजयी

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको हो । इन्टरको जितमा रामेलु लुकाकु र लौतारो मार्तिनेजले गोल गरेका हुन् । साम्पडोरियाका लागि मोर्तेन थोर्स्बीले एक गोल फर्काए । लुकाकुले १० औँ मिनेटमा गोल गर्दै […]

युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए […]

ला लिगामा बार्सिलोनाको ४–० को शानदार जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले तीन महिनापछि भएको खेलमा शानदार जित दर्ता गरेको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनका फुटबल गतिविधि पुनः सुरु भएसँगै ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोना ४–० ले विजयी भएको हो । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो […]

ला लिगामा लिग लिडर बार्सिलोनाको खेलमा मेस्सी र स्वारेज खेल्ने पक्का

काठमाडाैं । तीन महिनापछि बार्सिलोना मैदानमा फर्किँदै छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका स्पेनका सम्पूर्ण फुटबल गतिविधि सुरु भएका छन् । ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गर्दैछ । गएको मार्चपछि बार्सिलोना पहिलोपटक मैदानमा प्रतिस्पर्धात्मक खेलका लागि उपस्थित हुन लागेको हो । अवे मैदानमा हुने खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि […]