काठमाडौं । साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो। नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिषले विशाल राईले मिडफिल्ड पार […]
खेलकुद
राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा माधव नेपाल निकट खेलकुद महासंघ गठन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । नेकपा (एमाले) निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् । […]
राष्ट्रिय भलिबलमा विभागीय तीनै टोलीको विजयी शुरुवात
काठमाडौँ । छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत विभागीय तीनै टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोर्ट्स क्लबले विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित […]
सनिल आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप छनोट प्रतियोगितामा पहिलो ( भिडियो सहित )
काठमाडौं। ललितपुर बक्सिङ्ग टिमका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्। नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले ६७ किलो तौल समुहमा आज भएको प्रतियोगितामा बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरि पहिलो जित हासिल गरेका हुन् […]
आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपाल विजयी
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल […]
विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम
काठमाडौं, ३ असोज । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ किलोमा एचटुओका रविन […]
मोफसलका तीन क्लबलाई राष्ट्रिय महिला लिगमा सिधै प्रवेश
काठमाडौं, ३ असोज । अखिल नेपाल फुटबस संघ (एन्फा) ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग-२०७८ का लागि पहिलो संस्करणको मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको हो । न्युज कारखानालाई प्राप्त प्रतियोगिता नियमावलीमा तीन क्लबलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ । […]
अनु र रशिला दोस्रो चरणमा
काठमाडौं, २ असोज । विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपीएफ क्लबकी शोर्भा गौचनमाथि २१-१७ र २१-११ ले पराजित […]
आधा दर्जन गोलसँगै बायर्न शीर्षस्थानमा उक्लियो
काठमाडौं, २ असोज । जर्मन बुण्डेस लिगा अन्तर्गतको पाचौं चरणमा बायर्न म्युनिख भिएफएल बोचुमविरुद्ध आधा दर्जन गोलसहित शीर्षस्थानमा उक्लिएको छ । शनिबार साझ भएको खेलमा बायर्न भिएफएल बोचुमविरुद्ध ७–० गोल अन्तरको सहज जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो । लगातार जित निकाल्ने क्रममा बायर्नको लागि जोसुवा किमिचले दुई तथा लोरेय साने, सर्जी जिनाब्री, रोबर्ट लेवाण्डोस्की, […]
अग्रता जोगाउन नसक्दा फिलिपिन्ससँग नेपाल पराजित
काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससङ पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले […]










