नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

२१ मंसिर २०७८, काठमाडाैं ।  नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो । […]

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

काठमाडौँ । काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा […]

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबारदेखि तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग […]

मेस्सीले जिते सातौ पटक बालोन डिुओरको उपाधि

एजेन्सी । लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र […]

डिफेण्डिङ च्याम्पियन मछिन्द्रको विजयी सुरुआत

काठमाडौँ– साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए । खेलको १२ […]

मेस्सीको गोलमा पीएसजीको जित

काठमाडौँ । स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि […]

महिला क्रिकेटलाई ऐतिहासिक शृंखला

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक […]

स्विट्जरल्यान्ड र इंग्ल्यान्ड विश्वकप छनोट

काठमाडौं । स्विट्जरल्यान्ड र इंग्ल्यान्डले फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेका छन् । युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड र सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । यस जितसँगै स्विट्जरल्यान्डले समूह ‘सी’ बाट शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा पक्का गरेको हो । […]

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

काठमाडौं । यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता २०७८ को तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको उक्त प्रतियोगिताको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]

कोलम्बियालाई हराउँदै ब्राजिल कतार विश्वकपका लागि छनोट

ब्राजिल कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी टोलीको छनोट खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। दक्षिण अमेरिकाबाट कतार विश्वकपका लागि छनोट हुने ब्राजिल पहिलो टोली हो। खेलको ७२ औं मिनेटमा ब्राजिलका लुकास पकेटाले निर्णायक गोल गरे। यससँगै १० टोली सामेल […]