काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा […]
खेलकुद
ईप्सन भक्तपुरको अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसलवप्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ । ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र […]
साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागीलाई सम्मान
बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा ललितपुरमा एक कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो। नगदसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित हुनेहरुमा ६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका […]
उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न
बुद्धशरण शाही/ काठमाडौ । प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघले आयोजना गरेको दुई दिने सो प्रतियोगिता आइतवार सम्पन्न भएको हो । काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं […]
उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू
बुद्धशरण शाही/काठमाडौ । प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा प्रतियोगिता शुरु भएको हो । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराँते सङ्घले आयोजना गरेको प्रतियोगिता शनिवार सञ्चार उद्यमी भाष्करराज राजकर्णीकार र रघुवीर भक्त महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनीहरुले […]
भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
महिला फुटबलको साफ च्याम्पियनशिपमा नेपाल फ़ाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकर(पेनाल्टी सुट)मा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलले बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपालले ४–२ को अग्रता हासिल गर्दै बिजयी बनेको छ । खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले […]
नेपाल र भारतबीचको सेमिफाइनल सुचारु, नेपालले फर्कायो गोल
दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ । सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्। खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु […]
माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा
फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले ११ गल गर्दा माल्दिभ्स भने गोलरहित हुन् बाध्य भयो । नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो। […]
पलेशाको काठमाडौंमा भव्य स्वागत
काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए । विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा […]
प्रदिप एफसी भक्तपुरले प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधि जित्यो
भक्तपुर । प्रदिप एफसी भक्तपुरले शनिबार सम्पन्न प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा प्रदिप एफसीले फुलमाया एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। काठमाडौंको कपनस्थित कान्तिपुर फुटसलको मैदानमा भएको फाइनल खेलमा प्रदिप एफसीका तर्फबाट सुदर्शन श्रेष्ठ, महेन्द्र कार्की, र रितेश लामाले समान १/१ गोल […]