काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको प्रतिरोध गरिने प्रतिक्रिया दिएका छन् । यो निर्णय दुई तिहाई बहुमतको दम्भमा गरिएको उनको प्रतिक्रिया रहेको छ । निर्णयको घोर निन्दा गर्दै यसको प्रतिरोध गरिने अध्यक्ष प्रचण्डले प्रष्ट […]
अर्थ/वाणिज्य
विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न अल्टिमेटम
काठमाडौ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । प्राधिकरणले समय सीमा नै तोकेर निर्देशनात्मक अल्टिमेटम दिएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमाका एजेन्टहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिइएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका […]
गौतमको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ
पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र […]
मुख्यमन्त्रीको निर्देशनमा बन्द गराइएका रौतहटका अबैध निजी अस्पताल खुलेआम सञ्चालन
न्यूजकारखाना, चन्द्रपुर रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो । चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै […]
२५० प्रतिशतले बढ्यो शेयर कारोबार
काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]
एनएमबि बैंकको शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, […]
मध्यपुर थिमिसहित ६ नगरपालिका बिभिन्न बिधामा उत्कृष्ट, प्रम ओलीले गरे सम्मान
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष […]
चीनमा बिश्वकै ठुलो सुन भण्डार, ६ सय अर्ब युआन आम्दानीको अनुमान
न्यूजकारखाना, बेइजिङ । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही […]
रास्वपा सांसद झाको आशंका,जग्गा दिएकै आधारमा अबैध भेप भेटिएको भाटभटेनीलाई उन्मुक्ति हुने होकि !
काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् । प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो […]
उर्जामन्त्रीको उद्घोष : फेरि लोडसेडिङ हुन्छ
काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपखड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । […]











