कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । ठगीको आरोपमा पराजुली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रार रहँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत […]

पालिकाहरुले पर्यटकीय गन्तब्यको ब्राण्डिङ्ग तथा प्रचारप्रसार गर्ने

लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएकाछन् । पालिकाहरुको आर्थिक विकासकालागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरु पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने भएका हुन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं […]

सोंच र कार्यशैली बदलेर नतिजा निकाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका […]

केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो : सचिव दुवाडी

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र नै धर्मराएको बताएका हुन् । ‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, […]

सरकारले फेरि घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ । घटाइएको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ६७, डिजेल र मट्टितेल १ सय ५७ […]

एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले जनाएकी हुन् । उक्त […]

खानेपानी समस्या समाधानमा संघ, प्रदेश र स्थानीय तहले साझा दायित्व लिनुपर्ने

खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच सिंहदरवारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री […]

सिडिओ छोडेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । सोलुखुम्बु जिल्लाको सिडिओ रहेका उनी मन्त्रालय नै परिवर्तन गरी भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई एक कार्यक्रमका बीच नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रमलाई […]

आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मूल्य घट्दा उपभोक्तलाई राहत मिलेको छ । नेपाल आयल निगमले आजै मध्यरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो । मध्यरातदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाइएको […]

आर्थिक वर्षको चौमासिक सकिँदा समेत चन्द्रनगरले ल्याउन सकेन नीति तथा कार्यक्रम र बजेट

chandra nagar gaupalika

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं गाउँपालिकाका जनप्रतिनिधिहरुको विवादका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको हो । चन्द्रनगर गाउँपालिका,गाउँकार्यापालिकामा १५ जना जनप्रतिनिधिहरु रहेका भएपनि १२ जना जनप्रतिनिधिहरु गाउँपालिका […]