काठमाडौं । पछिल्लो समय सुनको भाउ बढेको बढयै छ । जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ बृद्दी भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो । हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० […]
अर्थ/वाणिज्य
८ लाख बेरोजगार सूचीकृत हुँदा ५ हजारलाई रोजगारी
काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]
यो साता शेयरमा लगानीकर्ताले गुमाए पौने १० अर्ब बढी, व्यापारिक समूहले सर्वाधिक कमाउँदा विकास बैंक समूहले गुमाए
यो साता शेयर बजारमा सुधार देखिए पनि बजारका अधिकांश सूचक राम्रो हुन सकेको छैन । यो साता शेयर बजार दुई दिन घटेर बाँकी तीन दिन भने बढेको थियो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार हुने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका […]
सल्लाघारीमा हुने महोत्सवको नवौं संस्करण चैत २८ बाट शुरु हुने, पाँच लाखले अवलोकन गर्ने अपेक्षा
भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने उद्घोषसहित यस् वर्ष पनि भक्तपुरको सल्लाघारीमा महोत्सव हुने भएको छ । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले पत्रकार सम्मेलन गर्दै महोत्सवले निरन्तरता पाउने घोषणा गरेको हो । भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव नाम दिइएको यो महोत्सवको नवौं सस्करण चैत २८ बाट […]
सर्वोच्च अदालतमा दर्ता भयो कुलमानको रिट निवेदन
काठमाडौ । सरकारले जबर्जस्ति पदमुक्त गरेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख एवं कार्यकारी निर्देशक कुलमान घिसिङ न्याय खोज्न अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिर गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । घिसिङले पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको सर्वोच्च श्रोतले जनाएको छ । उनको रिटमा शुक्रबार पेशी तोकिएको छ उनले सरकारको निर्णय […]
घर भाडामा लिएर अनलाइन जुवा र क्रिप्टो कारोबार
न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]
३ लाख १६ हजार बढी छन् कम्पनी, पौने दुई लाखले बुझाएनन् विवरण
काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयले साधारण सभा, घाटा, नाफा लगायतका विवरण पेश नगर्ने कम्पनीहरुको संख्या उच्च रहेको बताएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा दर्ता भएका १ लाख ७३ हजार ७५ वटा कम्पनीले वार्षिक साधारण सभा मुनाफा बाँडफाँट लगायतका विवरणहरु पेश गरेका छैनन् । कार्यालयममा हालसम्म ३ लाख १६ हजार २ सय २२ वटा […]
सम्पत्ति छानबिन आन्दोलन चलाउने बहुमतको उद्घोष
काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायत राज्यका उच्च पदस्थहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलन चलाउने उद्घोष गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका कमान्डर उदयबहादुर चलाउने दिपकले माग सम्बोधन नगरे सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिए । ब्यूरो इन्चार्ज चलाउनेले […]
कुलमानलाई निकालेको भोलिपल्ट नेप्सेमा भारी गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ। आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब […]
कुलमान हटाउने गठबन्धन सरकारप्रति डा कोइरालाको टिप्पणी, ‘बिनाशकाले विपरीत बुद्धि!’
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको भनेका छन्। कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको कहिल्यै पुष्टि नहुने उनले प्रष्ट पारे । सरकारले र पार्टीले हटाउनुपर्ने कारणको पुस्ट्याई गर्न नसक्ने भन्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेसले यसको स्वामित्व […]










