सीमा नाका पारी रोकिएका नेपाली व्यवसायीका सामान चीनले वारीसम्मै ल्याइदियो

रसुवा । चीनसँग जोडिएका तातोपानी र केरुङ नाकाहरु दुबै सूचारु भएका छन् । चिनियाँ पक्षले केरुङ नाका पारी अड्किएका नेपाली व्यवसायीका सामानहरु नेपाली भूमिसम्म पु¥याएर अझै सहजता थपिदिएको छ । चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको हो । यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेको थिए । चीनले […]

विद्युतीय गाडीको कर घट्यो

काठमाडौँ । चालू आर्थिक वर्षकाे बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ। आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो। त्यसको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा […]

हुम्लामा पहिलो पटक फल्यो बोदीचित्त फल

हुम्ला । हुम्ला पनि बोदीचित्तको बिरुवाबाट फल लागेको छ । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ । चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेम कुरा उठेको बेला […]

हुम्लामा पहिलो पटक माटो परिक्षण भएपछि किसानहरू उत्सुक

हुम्ला । संघीयता आएसँगै धेरै अधिकारहरू गाउँ पुगेपछि अत्यावश्यक कामहरू गर्न सहज भएको नमूना हो–अदानचुली गापाले शुरू गरेको माटो परिक्षण अभियान । यो अभियानले आफ्नो गापाभित्रका विभिन्न स्थानहरूमा भएका विभिन्न प्रकारका खेती योग्य खेत, गह्रा, पाखो, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्नाली प्रदेश, सुर्खेत पु-याइएको […]

हुम्लाका २१ संघीय कार्यालयहरुको खर्च सवा दुई अर्बभन्दा धेरै

हुम्ला । आ.व.२०७६/०७७मा हुम्लामा स्थापित तथा सञ्चालित २१ संघीय सरकार मातहतका कार्यालयहरुको कुल खर्च सवा दुई अर्बभन्दा धेरै भएको छ । जसमा चालुतर्फ ८८.१८ प्रतिशत र पूँजीगतर्फ ७०.०७ प्रतिशत खर्च भएको छ । हुम्लामा संघीय सरकार मातहतका २१ कार्यालयहरु रहेका छन् । जसमा जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको […]

सेना समायोजनबाट एकै गाउँमा १ करोड ५० लाख रकम

हुम्ला । १० वर्षे जनयुद्ध सकिएको १४ वर्ष पूरा हुँदा पनि हुम्लाका सहिद परिवारले भने अहिलेसम्म पनि पूरा राहत पाएका छैनन् । हुम्लाको थाली गाउँका ५० जना माओवादीमा गएकामध्ये चार जना सहिद भएका थिए । हुम्लाको सदरमुकाम सिमकोटबाट करीब पाँच घण्टा टाढापर्ने साविकको टाढा राया गाविसको थाली गाउँमा माओवादी जनयुद्धमा प्रत्येक घरबाट अनिवार्य एक जना […]

हुम्लामा १ अर्ब ५० करोड बराबरका भेडाबाख्रा

हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् । पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाको तथ्यांकअनुसार हुम्लामा १८ हजार ५३५ भेडा रहेका छन् । यसको हालको मूल्य ३७ करोडभन्दा धेरै हुन आउने पशु सेवा […]

आफ्ना पक्षमा प्रदर्शन नगर्न भन्दै कुलमान घिसिङले निकाले विज्ञप्ति

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन […]

हुम्लामा अठार करोडको रैथाने चिनु उत्पादन

हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । हुम्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती गरिन्छ भने यसबाट प्रति बर्ष हुम्लीहरूले एक सय ८१ मेटि्क टन चिनु उत्पादन हुँदै आएको जानकारी कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झाले दिएका छन् यसको स्थानीय […]

पूर्व अर्थमन्त्री डा. खतिवडा प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चाहे पनि पार्टीको दबाब कारण […]