काठमाडौ, ९ चैत । कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन । ‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ […]
अर्थ/वाणिज्य
सुन चाँदीको भाउ बढ्यो, कति छ तोलाको ?
काठमाडौं, ८ चैत । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि […]
१४ महिना तलब नपाउँदा पनि वैदेशिक रोजगारका कर्मचारी उत्साही
काठमाडौ, ८ चैत । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ? यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका […]
दुई दशकदेखि ठप्प बलेवा विमानस्थलमा उडान सुरु, तारा एयरले गर्यो परीक्षण
पर्वत, ६ चैत । झन्डै साढे दुई दशकदेखि ठप्प रहेको बाग्लुङको बलेवा विमानस्थलमा परीक्षण उडान गरिएको छ । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारीका लागि बलेवा बिमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित उडान गर्न कुनै कठिनाई नभएको बताएको छ । पाईलट क्याप्टेन […]
२४ किलोमिटर कालोपत्रे भयो नारायणगढ–मुग्लिन सडक
काठमाडौं, ६ चैत । नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो । राजधानीसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका […]
स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै
काठमाडौं, ६ चैत । स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ । चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका […]
बढ्यो खर्च, उठेन राजस्व : सरकारको खर्च खाता ऋणात्मक
काठमाडौं, ५ चैत । सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता÷अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो। शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो। सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र […]
चैते दशैं नजिकिएसँगै कागबेनी त्रिवेणीमा पर्यटक बढे
मुस्ताङ, ४ चैत । चैते दशैं पर्व नजिकिँदै गर्दा मुस्ताङको कागबेनी त्रिवेणी स्थलमा चहलपहल बढेको छ । पितृको सम्झना गर्दै कालिगण्डकी नदीमा पिण्डदान गर्न पुग्नेहरुका कारण चहलपहल बढेको हो । बडा दशैं र चैतै दशैंको औशी तिथि आसपास पारेर तिर्थालुहरु मुस्ताङ पुग्ने गर्दछन् । श्राद्ध गर्ने तथा पितृका नाममा तर्पणका लागि शुक्रबार र शनिबार मात्र […]
आइतबार पनि शेयर बजारमा ९.४० अंकको गिरावट !
काठमाडौं, ४ चैत । साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा ९.४० अंकको गिरावट आएको छ। त्यस्तै कारोबार रकम पनि ३० करोड ४ लाख रुपैयामा खुम्चिएको छ। कारोबार सुरु भएको २९ मिनेटसम्ममा ४.४२ अंकले उकालो लागेको भए पनि त्यस पछि बजार लगातार ओरालो लाग्दा ९.४० अंकले घटेको हो। आइतबार सबै सूचक तथा उपसूचक ओरालो लागेको छ […]
उपभोक्तामाथि चरम ठगी, कालोबजारियाहरुलार्इ जिस्काएझै मात्र गर्छ सरकार
काठमाडौं, १ चैत । उपभोक्ताको अधिकार तथा आवश्यकताका बारेमा सरोकारवाला निकायलाई जानिकारी गराउने तथा झकझकाउने उद्देश्यसहित बिहीबार नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाईंदैछ । हरेक वर्ष मार्च १५ का दिन यो दिवस मनाउने गरिएको छ । विशेष गरी उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने […]










