आयल निगमको करोडौ अनियमिततामा सबै मौन

काठमाडौं, १७ साउन । आयल निगमले जग्गा खरिदमा गरेको अनियमिततामा सरोकारवालानिकाय आश्चर्यजनक रूपमा मौन छन्। निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा किन्दा करोडौं रुपैयाँ अनियमितता गरेको सार्वजनिक भए पनि सरोकारवाला निकायहरू आपूर्ति मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग चुपचाप छन् । नियमअनुसार निगम सञ्चालक समितिमा आपूर्ति सचिव […]

विद्युत महशूल बढायो प्राधिकरणले । यस्तो छ नयाँ शुल्क

काठमाडौँ, १६ साउन । नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो । प्राधिकरणले यही साउन ६ गते […]

खोटोबाट एक वर्षमा ८० लाख आम्दानी

प्यूठान, १६ साउन । पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार आम्दानी भएको छ । जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो नौदेखि १० सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिकृत प्रविण […]

चर्चित पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध

मेलम्ची, १५ साउन । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी मेला शुरु हुनै लाग्दा पाँचपोखरी जानका लागि प्रयोग हुने मेलम्ची–भोेताङ सडकखण्डको विभिन्न ठाउँमा गएको […]

नेपालमा लगानी बढाउन एनअारएनएको अाह्वान

  गैरआवासीय नेपाली (एनआरएन) हरूको जर्मनीको फ्रयाङफर्टमा सुरु भएको क्षेत्रीय सम्मेलनले नेपालमा लगानी बढाउन आह्वान गरेको छ । नयाँ संविधान जारी भएपछि वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन् । ‘युरोपका नेपालीको एकता : समृद्ध नेपालको आवश्यकता…’ नाराका साथ शनिबारदेखि जर्मनीमा युरोपभर रहेका गैरआवासी नेपालीहरूको दुईदिने बृहत् भेला सुरु भएको छ […]

म्याग्दीमा मात्र चार करोड अनुदान वितरण

म्याग्दी, १५ साउन । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई ५० हजारका दरले चार करोड २२ […]

जगदम्बा फुडसहित राजधानीका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं, १२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३-७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ । विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको विभागका सहायक प्रवक्ता […]

अब नेपालमा महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै

काठमाडाैं, १० साउन । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ […]

लाइसेन्स लफडामा निजीको डेढ अर्ब फस्यो

काठमाडौं, १० साउन । निजी क्षेत्रका प्रवर्दकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन । विद्युत् विकास […]

सुनकाण्डका खास तस्करहरु महल थप्दै भरिया जेलमा जाकिदै

काठमाडौं । प्रहरीले बारम्बार करोडौं मूल्य बराबरको सुन बरामद गर्दै आएको छ, तर पनि तस्करी रोकिएको छैन । यति धेरै सुन बरामद हुँदा पनि किन तस्करी रोकिएन ? किनकि सुन तस्करीका नाइकेहरु सधैँ सुरक्षित हुने गर्दछन् । प्रहरीले जतिसुकै अनुसन्धान गरेपनि उनीहरु जेल जानु पर्दैन । एक पटक बरामद भएको सुनको लगानी २÷४ पटक तस्करी […]