ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी

बनेपा, १८ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन सुरु गरेका हुन् । शुरुको वर्षमा पाँच […]

लाहा प्रशोधन कारखाना सञ्चालन

भद्रपुर, १७ भदौ । झापाको गौरादहमा सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दीका लागि प्रयोग हुने लाहा (चप्रा) प्रशोधन कारखाना सञ्चालन गरिएको छ । भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा कारखानामा काम गर्नुभएका गौरादह नगरपालिका–२ का ५४ वर्षीय डम्बर विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले गत वैशाखमा रु २० लाखको लगानीमा ‘निर्मल चप्रा […]

भावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

बेझाड, पाल्पा, १७ भदौ । प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा […]

नौ करोड ५९ लाख कम राजश्व सङ्कलन

विराटनगर, भदै १७ । मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०७४÷ ७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख […]

सुनको मूल्य तोलाको ५०० ले बढ्यो

काठमाडौँ, १७ भदौ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै तेजाबी […]

सुनको मूल्यमा फेरी वृद्धि

काठमाडौँ, १७ भदौ । सुनको मूल्यमा आज फेरी वृद्धि भएको छ । सोमबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुनको मुल्य मंगलबार प्रतितोला ५ सयले बढेर ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस अघि आइतबार र सोमबार प्रतितोला ७२ हजारमा कारोबार भएको थियो । महांसघका अनुसार तेजावी सुनको मूल्य […]

चाडपर्व नजिकिँएसँगै मासुको मूल्य बढ्यो

बाँके, १७ भदौं । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा […]

स्थानीय तहको १३ करोड बेरुजु

डोटी, १७ भदौ । जिल्लाका नौ वटा स्थानीय तहको कूल रु १३ करोड रकम बेरुजु देखिएको छ । केही स्थानीय तहले मनोमानी रुपमा रकम वितरण गरेको पाइएको छ । दिपायल सिलगढी नगरपालिकाले पानीखोला तिखाडाँडाबाट भण्डारी जग्गा हँुदै गिरी महराको घरसम्मको सडक, कौढुङ्गादेखि थमाल्लीसम्म खानेपानी, सिलखोली गाउँदेखि घटाली गाउँ, सडक, रातोली, पाकरी, कुन्जेडी, सडक, पनेरझाडदेखि झङ्कसम्मको […]

मेहनती किसानका कथाः केरा बेचेरै महिनामा ५० हजार कमाउँछन् हरिबहादुर

गाईघाट, १७ भदौ । पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती […]

नक्कली एटीएमबाट पैसा चोर्ने मनि एक्सचेन्जका सञ्चालकसहित तीन नेपाली पनि पक्राउ

काठमाडौं, १६ भदौ । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार […]