जाजरकोट, ३१ भदौ । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । चारसय दश मेघावाटबाट बढेर ४१७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन् । […]
अर्थ/वाणिज्य
तनहुँ जलविद्युत् आयोजना ः ४४ प्रतिशत वित्तीय प्रगति
दमौली, ३१ भदौ । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५÷७६ मा विनियोजित रु पाँच अर्बमध्ये दुई अर्ब २२ करोड ९२ लाख ८२ हजार मात्रै खर्च भएको छ । आयोजनाको पूँजीगततर्फ विनियोजित रकममध्ये दुई अर्ब ७७ करोड ७ लाख […]
इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले
इलाम, ३१ भदौ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउन थालेको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन […]
तेहोरो करका विरुद्धमा फेकोफन
काठमाडौँ, ३१ भदौ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल फेकोफन ले सामुदायिक वनको स्वायत्ततामाथि हस्तक्षेप गरी सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले तेहोरो कर लगाएको भन्दै त्यसको विरोध गरेको छ । विगतदेखि सामुदायिक वन उपभोक्ता समूहले नेपाल सरकारलाई १५ प्रतिशत वन पैदावार शुल्क तिर्दै आएका छन् । त्यसबाहेक हाल विभिन्न तहका सरकारले सामुदायिक वनबाट थप […]
गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै
काठमाडौँ, ३१ भदौ । शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो […]
सिटी एक्सप्रेस र अमेरिकाको ‘रेमिट्ली’ बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । अमेरिकाको चर्चित रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्ली (Remitly) को मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सक्नेछन । त्यसका साथै ग्राहकहरुले कुनै पनि […]
सिटी एक्सप्रेसले आफ्ना एजेन्टहरुलाई दियो एक दिने तालिम
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना एजेन्टहरुका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सिटी एक्सप्रेसले एजेन्टहरुसँग भेटघाट गरी ब्ःीरऋँत् तालिम दिएको जनाएको छ । कार्यक्रममा काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको जनाइएको छ । तालिमपछि सिटी एक्सप्रेसले उनीहरुलाई रिसेप्सन पनि दिएको थियो […]
नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, ३० भदौ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । […]
दुई करोड राजश्व
मिक्लाजुङ, ३० भदौ ।जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । राहदानी बनाएर मात्रै आव ०७५÷७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी […]
डेरामा बस्नेसँग चर्को पैसा उठाएर प्राधिकरणको बद्नाम नगर्न घरबेटीलाई कुलमानको कडा चेतावनी
नेपाल विद्युत प्राधिकरणले घर बहालमा बस्नेसंग मनलाग्दी विद्युत महसूल नलिन चेतावनी दिएको छ । राजधानी लगायत शहरी क्षेत्रमा घरबेटीले घर बहालमा बस्नेसंग मनलाग्दी विद्युत् महसुल लिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले त्यसो नगर्न निर्देशन दिएको हो । प्राधिकरणद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरणको विद्युत्मा मनलाग्दी व्यापार नगर्न निर्देशन […]











