सामान्यद्वारा राजश्वको सम्बन्धमा चन्द्रकोट गाउँपालिकासँग जानकारी माग

काठमाडौँ, ८ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीस्थित चन्द्रकोट गाउँपालिकालाई राजश्वको दर सम्बन्धमा जानकारी मागका लागि पत्र काटेको छ । मन्त्रालयले गाउँपालिकालाई बसाइँसराइ दर्ता प्रमाणपत्र दस्तुरबापत लिएको दस्तुरका विषयमा जानकारी माग गरिएको मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिए । मन्त्रालयले बसाइँसराइका दर्तामा तोकिएभन्दा बढी शुल्क लिएकोले गाउँपालिकासँग जानकारी माग गरेको हो […]

नेराबैंले ल्यायो सयको नयाँ नोट

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ । यस्तै […]

बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कतिमा कारोबार हुदैछ ?

काठमाडौँ ७ असोज । निरन्तर दुईमहिना देखि उकालो लाग्दै आएको सुनको भाउ दुईदिन स्थिर रहेपनि आज भने पुनः बढेको छ । आइतबार र सोमबार ७१ हजार ३ सय मूल्यमा कारोबार भएको छापाबाला सुन मंगलबार सयले बढेर ७१ हजार ४ सय रुपैँयामा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन आइतबार र सोमबार ७१ हजार रुपैँयामा कारोबार […]

लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह

रुपन्देही, ७ असोज । उद्योगी–व्यवसायीले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई उत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले उद्योग र पर्यटनका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तीनै तहका सरकारलाई सुझाव पनि दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६६औँ साधारणसभामा सोमबार उद्योगी÷व्यवसायीले योगदानमा आधारित सामाजिक सुरक्षाकोष कार्यान्वयनका […]

चाडबाडलाई लक्षित गरी खुलेको सुपथ पसलले उपभोक्तालाई राहत

बागलुङ, ६ असोज । चाडबाडलाई लक्षित गरी खुलेको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । बजार भाउभन्दा सस्तोमा चिनी, नून किन्न पाउँदा उपभोक्ता खुशी छन् । ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङद्वारा सञ्चालित पसलमा दैनिक सयौँको लाम देखिन्छ । पसल शुरु भएको छ दिनमै तीन हजार ९४९ जना उपभोक्ताले सेवा लिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ कार्यालयले जनाएको […]

बजेट खर्च छानबिन गर्न समिति गठन

सुर्खेत, ६ असोज । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति […]

तराई, मधेश समृद्धि कार्यक्रमका लागि रु तीन करोड

सुरुङ्गा, ६ असोज । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा निरौला […]

बगिरहेको खोला धितो राखी ४ करोड बढी दिने बैंकका सीइओ पक्राउ

काठमाडौ । ‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ । पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारीसमेत रहेका छन् । उनीहरु उपर बैंकिङ्ग […]

शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ५ असोज । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०५ बिन्दु अर्थात् १।३९ प्रतिशतले घटेर एक हजार १३९।२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९।७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार […]

जाजरकोटमा भारतीय स्याउको सट्टा जुम्ली स्याउ

जाजरकोट, ४ असोज । जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि […]