बढ्यो सुनको मूल्य, हेर्नुहोस् प्रतितोला कतिमा कारोबार हुदैछ ?

काठमाडौँ ७ असोज । निरन्तर दुईमहिना देखि उकालो लाग्दै आएको सुनको भाउ दुईदिन स्थिर रहेपनि आज भने पुनः बढेको छ । आइतबार र सोमबार ७१ हजार ३ सय मूल्यमा कारोबार भएको छापाबाला सुन मंगलबार सयले बढेर ७१ हजार ४ सय रुपैँयामा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन आइतबार र सोमबार ७१ हजार रुपैँयामा कारोबार भएकोमा मंगलबार सयले बढेर ७१ हजार १ सय पुगेको छ । त्यस्तै आजको बजारमा चाँदीको मूल्य पनि बढेको छ सोमबार ८ सय ७५ मा कारोबार भएको चादीँको मूल्य आज १० ले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको सुन चादीँ महासंघले जनाएको छ

Loading...