काठमाडौँ, ३ चैत । काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । […]
Author: Sangeeta Aryal
असिनापानीले चुटेर अर्घाखाँचीमा २ को मृत्यु, ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति
अर्घाखाँची, ०३ चैत । गत शनिबार अविलरल वर्षासँगै परेको असिनापानीले चुटेर अर्घाखाँचीमा २ जनाको ज्यान गएको छ । भने ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ । अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिनापानीका कारण दुई जनाको मृत्यु भएको छ । करोडौको अन्नबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले […]
कोरोना भाईरस सँग जुध्नका लागि २१ बुँदे कार्यसूची तयार, दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने
काठमाडौँ, ३ चैत । कोरोना भाईरस (कोभिड–१९) सँग जुध्न स्थानीय तहका लागि २१ बुँदे कार्यसूची दैनिक २ बजे मन्त्रालयमा रिपोर्टिङ गर्नुपर्ने सरकारले आफूले गरिरहेका कामको सीडीओसँग समन्वय गरी प्रत्येक दिन दिउँसो २ बजे रिपोर्टिङ गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि […]
मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख प्रदेश दिने सरकारको घोषणा
जनकपुर, ३ चैत । घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने भएको छ । आजै सुरक्षा समितिको बैठक बसी मुख्यमन्त्री राउतले खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए । घरेलु मदिरा सेवनले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया सहितको स्थानमा मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ […]
कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट हवल्दारको मृत्यु, एक घाइते
धनगढी, ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । आइतवार राति भुजेला पुल नजिक म […]
सुरु भयो सार्क भिडियो कन्फरेन्स, सिंहदरबार पुगे प्रधानमन्त्री ओली
काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा भाग लिन ओली आईपुगेका हुन्। सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ […]
नेपालीलाई भारत आवत–जावत गर्न कठिनाइ नहुने, तेस्रो मुलुकका नागरिक प्रवेश गर्न नै नपाउने!
काठमाडौँ, २ चैत । भारतले मध्य रातिदेखि नेपालसँग सीमा जोडिएका चारवटा नाका बाहेक अन्य नाका बन्द गरेको छ । कोरोना भाइरसको त्रास बढेसँगै भारतले नेपाल हुँदै भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकका लागि बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाहेक सबै नाका बन्द गरेको हो । तर, नेपालीलाई भारत आवत–जावत गर्न कठिनाइ नहुने प्रष्ट्याएको छ । […]
डुबिरहेको अवस्थामा दुई महिलाको शव फेला
बर्दिया, २ चैत । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मिर्चैयामा सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ। प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका-५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६ वर्षीया बुहारी फूलरानी थारूको शव […]
घरेलु मदिरा सेवनबाट थप २ को मृत्यु
जनकपुरधाम २ चैत । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप २ जनाको मृत्यु भएको छ । आईतबार बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जितेन्द्र सदाको मदिरा सेवनका कारण मृत्यु भएको जनकपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष जानकी राम साहले जनाएका छन् । आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिका–५ का लगभग ३४ वर्षका विश्वनाथ […]
विप्लवले विध्वंसात्मक गतिविधि गरिरहँदा सूचना संलकन गर्न नसकेपछि प्रहरीको घुमुवा टोली परिवर्तन
काठमाडौं, २ चैत। विप्लव समूहले विध्वंसात्मक गतिविधि गरिरहँदा प्रहरीले सूचना संलकन गर्न नसकेको भनेर आलोचना भएपछि उपत्यकाका घुमुवा टोली परिवर्तन गरिएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले उपत्यकाका १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागहरुबाट घुमुवा टोली परिवर्तन गरेको हो । प्रहरी सादा पोशाकका घुमुवा प्रहरीलाई सूचना संकलनका लागि राखेको भए पनि उनीहरु ‘हप्ता […]