विद्यार्थी दिवसमा अखिल क्रान्तिकारीले भन्यो: राष्ट्रघाती अरुण-३ सम्झौता खारेज गर

काठमाडौं, २ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ । भारतीय दूतावास रहेको राजधानीको लैनचौरको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट, नागपोखरी दरबार मार्ग पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा हजारौं विद्यार्थीहरु सहभागी […]

हप्तादिन नपुग्दै बन्द भयो ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा

काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक […]

नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको […]

अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत

काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]

२९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, ३० बैसाख । नेपाल प्रहरीका झन्डै २ सय ९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम […]

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, ३० बैसाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनेछिन् । गुठी संस्थान ललितपुरका प्रतिनिधिले […]

सुनको मुल्य उकालो लाग्यो, आज तोलाको ५९ हजार २ सय

काठमाडौं, ३० बैसाख । नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। आज तोलाको सुन ५९ हजार २ सय पुगेको छ। एक साता अघि सुनको मुल्य तोलाको ५८५०० थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ । चाँदीको मुल्य पनि बढेको छ। एक साताअघि तोलाको ७ सय ५५ रहेको चाँदीको मुल्य आज […]

करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !

कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए । […]

सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट, के छ क्षतिको अवस्था ?

काठमाडौं, ३० बैसाख । सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो ।  बिस्फोटबाट चर्चमा के-कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन । त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ […]

आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

काठमाडौँ, ३० बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड […]