यी हुन विद्यार्थीलाई कुट्दै पिसाव खुवाउने प्रअ, गाउँपालिका अध्यक्षले गरे यस्तो कारवाही

प्रज्वल पौडेल, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् […]

सिमा क्षेत्रमा फेरी तनाव: दुई देशका सेनाबीच गोली हानहान, ९ जनाको मृत्यु

काठमाडौं, ५ जेठ । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भएको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको […]

आईपीएल: हैदराबादलाई हराउँदै बेंग्लोरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं, ४ जेठ । रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो । जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । २ […]

गोली प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या

रुपन्देही, ४ जेठ । गोली प्रहारबाट रुपन्देहीमा एक जनाको  मृत्यु भएको छ । जिल्लाको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको […]

एमाले-माओवादीबीच यसरी भयो एकता, झलनाथ खनाललाई माधव नेपालले यसरी उछिने !

काठमाडौं, ३ जेठ । पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेको भन्दै केपी ओली र प्रचण्डले एमाले नेता झलनाथ खनाललाई निक्कै हेपेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमाले र माओवादी केन्द्रको एकता घोषणाको मौका मात्रै गुमाएनन्, पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् । खनाल […]

संयोजन समितिद्वारा पार्टी एकता अनुमोदन

काठमाडौं, ३ जेठ । एमाले–माओवादी पार्टीबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ। संयोजन समितिको बैठक सकिएसँगै दुबै दलका अन्तिम बैठक बस्न लागेका छन्। एमालेको आकस्मिक केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष […]

अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

काठमाडौं, ३ बैसाख । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी […]

असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने

काठमाडौं, ३ जेठ । लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति […]

एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक ?

काठमाडौं, २ जेठ । माओवादी केन्द्रसँग दुरी बढिरहेको बेला एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । माओवादीसँगको एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल एमालेले स्थायी समिति बैठक बोलाएको हो । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्नेछ । खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको नेपाल भ्रमणका क्रममा केपी ओली लम्पसार परेको […]

मकालु एयरको सम्पर्कविहीन विमान भेटियो, के छ अवस्था ?

काठमाडौं, २ जेठ । सम्पर्कविहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरिएको उनले बताए ।  क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । बुधबार बिहान […]