काठमाडौं, २ जेठ ।
सम्पर्कविहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ ।
सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरिएको उनले बताए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।
बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने थियो ।