एकाविहानै प्यूठानमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु, २० घाइते

काठमाडौं, ३० बैसाख । एकाविहानै प्यूठानमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको बडडाँडामा भएको उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ आउदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि […]

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

काठमाडौं, २९ बैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ। शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको […]

ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएपछि विप्लवले दिए यस्ताे चेतावनी ! भोलि नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं, २९ बैसाख । प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै  ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल […]

बाथरुममा लडेर गम्भीर घाइते बने सभामुख, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, २९ बैसाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । एक्कासी बाथरुममा लडेर सिकिस्त बनेको उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ । शुक्रबार दिउँसो ४ बजे बाथरुममा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पताल स्रोतले जानकारी दिएको छ। सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको […]

टुँडिखेलमा मोदीलाई १८ तोपको सलामी, गार्ड अफ अनर प्रदान

काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार ५ बजेर २५ मिनेटमा नेपाली सेनाको एक टुकडीले मोदीलाई गार्ड अफ अनर दिइएको हो । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद […]

अरुण तेस्रोको स्वीच थिच्न काठमाडौं आइपुगे मोदी ! यस्तो छ तयारी

काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको छ । मोदी हायात […]

मोदी नपुग्दै जनकपुरमा यस्तो लफडा, प्रहरीलाई तनाव

काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपुग्दै जनकपुरमा तनाव सुरु भएको छ  । जसकारण प्रहरीलाई तनाव भएको छ । व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । प्रधानमन्त्री केपी ओली र स्थानीय सरकारले २ नम्बर प्रदेशवासीलाई मोदीको स्वागतमा उत्रिन उर्दी जारी गरेपछि सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । जसकारण सर्वसाधारणहरु […]

बिरोधका बाबजुद भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, यस्तो छ तयारी

काठमाडौं, २८ बैसाख । नेपालीहरुको बिरोधका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । मोदी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट बिहान सवा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको बताईएको छ । जनकपुरमा उनले जानकी मन्दिरमा पूजाअर्चना गर्नेछन् भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रधानमन्त्री […]

कैलालीका नीजि विद्यालयमा अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक संघर्ष कार्यक्रम अन्तर्गत बिहीबार यहाँका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । तालाबन्दी माग पूरा नभएसम्म जारी रहने अखिल क्रान्तिकारी कैलालीले जनाएको छ । जिल्लाका १ सयभन्दा बढी निजी विद्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी क्रान्तिकारीका कैलालीका उपाध्यक्ष बबरजंग सिंहले जानकारी दिएका छन् । समाचार अनुसार एक्सिस विद्या […]

मोदी आउन केहि घण्टा मात्रै बाँकी रहँदा ओली-प्रचण्डको गोप्य बार्ता ! के-के भयो सहमति ?

काठमाडौं, २७ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँन २४ घण्टा मात्रै बाँकी रहेको बेलामा एमाले अध्यक्ष तथा प्रधनमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य बार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा मोदीको स्वागतका लागि कुनै कसर बाँकी नराख्ने सहमति भएको छ । माओवादी स्रोतले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार बुधबार २ […]