काठमाडौं । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । सरकारले अघिल्लो सरकारका सबै नियुक्तिलाई खारेज गरेसँगै सशस्त्रका एआईजीले राजिनामा दिएका हुन् । एआईजीहरु जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत विहीबार राजीनामा दिएका छन् । महानिरीक्षिक खनालले राजिनामा आजै गृह मन्त्रालयका निमित्त सचिव […]
Author: Desk Nonstop
पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै दन्काइदिए चुरोट
काठमाडौं । विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् । सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा […]
छाउगोठमै १५ वर्षीया किशोरीको सामूहिक बलात्कार
सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई […]
देउवा सरकारले गरेका नियुक्ति खारेज गर्ने वाम सरकारको निर्णय
काठमाडौं । मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार १४ भदौ ०७४ […]
आन्दोलनरत आठ विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच नौबुँदे सहमति (पत्रसहित)
काठमाडौं । आन्दोलनरत आठ विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच नौबुँदे सहमति भएको छ । सोमबार राति भएको २ पक्षबीचको बार्तापछि आठ विद्यार्थी संगठनले तीन दिनेशैक्षिक हड्तालका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले संचारकेन्द्रलार्इ जानकारी दिए । विद्यार्थी संगठनले शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शुल्क फिर्ताको माग गर्दै […]
विश्वकप फुटबल: शुक्रबारबाट सुरु हुने क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्
रसिया । रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ […]
संसदले सरकारबाहेक कसैसँग आर्थिक लेनदेनको सम्झौता नगर्ने
काठमाडौं । संसद् सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेनको सम्झौता नगर्ने भएको छ । सांसदलाई तालिम दिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भएपछि संसद् सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो । सभामुख कृष्णबहादुर महराले संसद्लाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दाायित्व भएको बताए । ‘पैसाको कारोबार गर्ने काम सरकारको हो,’ महराले भने, ‘संसद्लाई […]
सर्पले लियो १२ वर्षीय बालकको ज्यान
रुपन्देही । रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो । सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा खाटमुनी रहेको गोमन सर्पले टोकेको थियो । सर्पले टोकेपछि घाइते भएका इमरानलाई उपचारको लागि भैरहवा ल्याउने क्रममा बाटोमा नै […]
टोपो खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक ठप्प
चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए । ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन […]
उत्तराधिकारीको बिषयलाई लिएर ज्ञानेन्द्र र कोमलबीच तनाव सुरु
काठमाडौं । निर्मलनिवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ । कोमल सुध्रिन थालेका छोरा पारस शाहलाई निर्मलनिवासको उत्तराधिकारी बनाउन दबाब दिन थालेकी छन् भने ज्ञानेन्द्र बुहारी हिमानी शाहलाई उत्तराधिकारी बनाउनुपर्ने अडानमा छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । दरबारले आगामी दिनमा […]









