स्याङ्जा, ८ असोज । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए । रानाले २०७५ भदौ २० […]
Author: Desk Nonstop
विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण
राजापुर, ८ असोज । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ । आव २०७६÷७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, […]
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
डोटी, ८ असोज । दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । हत्या अभियोगमा कारागार […]
चट्याङ लागेर १५ भेडा मरे
लम्की, ७ असोज । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा आज पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएका छन । जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे […]
अपहरणको नाटक गर्ने पक्राउ
पोखरा,७ असोज । पोखराबाट आपूm अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी गराएका छन । लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले पौडेलले अपहरणको नाटक गरेको रहस्य खुलेपछि पक्राउ गरिएको बताइएको […]
दशैँको मुखमा चामल अभाव
सिमकोट, ७ असोज । गत आर्थिक वर्षमा आइपुग्नुपर्ने खाद्यान्न काठमाडाँै हँुदै सदरमुकाम सिमकोटमा सोमबार मात्र पुगेको छ । हुम्लाको दक्षिणी भेगका लागि भने खाद्यान्न ढुवानीको सम्झौता भर्खर भएको छ । चालू आवमा नेपाल खाद्य संस्थानले बोलपत्र आह्वान ढिलो गरेका कारण यस वर्षको दशैँमा जिल्लाको तल्लो भेगमा खाद्यान्न ढुवानी गर्न ढिलाइ हुने भएको छ । असार […]
राष्ट्रसङ्घमा मन्त्री ज्ञवालीको व्यस्त कार्यतालिका
न्युयोर्क, ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज मङ्गलबार दिनभर राष्ट्रसङ्घीय विविध बैठकहरूमा सहभागी हुँदैहुनुहुन्छ । मन्त्री ज्ञवाली बिहानैदेखि महासभा बैठकको ‘जनरल डिबेट’मा सहभागी हुनुभएको छ भने आजै दिउँसो संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्ने राजकीय दिवाभोजमा सरिक हुनुहुनेछ । महासभामा भाग लिन आउनुभएका […]
फुस्रे खोलामा डुबेर मृत्यु
पोखरा, ७ असोज । पोखरा महानगरपालिका–२२ खाल्सेचिसापानीस्थित फुस्रेखोलामा डुबेर आज एक जना महिनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका घर भई साथीसँग पोखरा घुम्न आएकी २५ वर्षीया अनु भण्डारीको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार दुई जना महिला डुबेर बेपत्ता भएको खबरका आधारमा […]
चेम्बरद्वारा छात्रवृत्ति प्रदान
काठमाडौँ, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित पाँच छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशबाट ती छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट अनु पौडेल (सङ्खुवासभा) र मेनुका गुरुङ (सुनसरी), प्रदेश नं २ […]
अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएको आयोगले जनाएको छ । […]











