नेराबैंले ल्यायो सयको नयाँ नोट

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ । यस्तै […]

पार्टीको नीतिअनुसार चल्नुपर्छ : काङ्ग्रेस उपसभापति निधि

धनगढी, ७ असोज । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज यहाँ आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन […]

गाँजा तस्करलाई गोली हानेर पक्राउ

मकवानपुर,७ असोज । प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज […]

संविधानमाथि आक्रमण हुने खतरा छ : महामन्त्री कोइराला

खोटाङ, ७ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताएका छन । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिए । उनले भने, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको […]

उपनिर्वाचनमा एकताबद्ध हुन कार्यकर्तालाई निर्देशन

पोखरा, ७ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कास्की निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावमा दुई कम्युनिष्ट पार्टी एक भएको सन्देशलाई प्रमाणित गर्ने गरी एकताबद्ध भई क्रियाशील हुनुपर्ने बताए […]

नौ सय किमी सडक कालोपत्र

दाङ, ७ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताएका छन । आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन केही तत्वबाट सङ्घीयताको विरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भइरहेको […]

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई

काठमाडौँ, ७ असोज । समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन । समाजवादी विद्यार्थी युनियनले आज यहाँ आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए । अध्यक्ष […]