अटो रिक्सामा बेरोजगार युवाको आकर्षण

 बाजुरा, ५ असोज । युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ । तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ । ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी भन्ने मान्यताले यहाँका धेरै युवाहरु बेरोजगार बस्न बाध्य छन् । श्रम गर्नु, उद्यम गरेर खानु जस्ता कामलाई इज्जतसँग जोडेर उनीहरु बरु खाली बस्न राजी […]

पर्यटकको आगमन शुरु

रसुवा, ५ असोज । शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता शिवलाल गैरेका अनुसार लाङटाङ तथा गोसाइकुण्ड क्षेत्रमा आउने विदेशी पर्यटकको भ्रमण गर्ने मौसम शुरु भइसकेको र दैनिक सरदर २५ जनाका दरले आगमन हुन थालेको […]

काङ्ग्रेस बैठक असोज १० गते

काठमाडौँ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ । यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक […]

जितीया व्रत सम्पन्न

जनकपुरधाम, ५ असोज । मैथिल समुदायका ‘आमाको महान लोक पर्व’ जितीया आज सम्पन्न भएको छ । सो पर्वअन्तर्गत मैथिल महिलाले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्यको कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत बस्ने […]

सङ्घीयता ‘ब्याक’ हुँदैन : मुख्यमन्त्री पौडेल

काभ्रेपलाञ्चोक, ५ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको सङ्घीयता कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन । उनले जिल्ला समन्वय समितिद्वारा स्थानीय तहको क्षमता अभिवृद्धिका सन्दर्भमा धुलिखेलमा शनिबारदेखि आयोजित दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई आज सम्बोधन गर्दै भने, “यो सङ्घीयता कुनै पनि हालतमा ब्याक हुँदैन, कसैले फेल गराउछु भनेर नसोचे हुन्छ, हामी […]

अनवरतका साथमा अधिकारी

काठमाडौँ, ५ असोज । कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम साङ्गीतिक एल्बम ‘अनवरत’ सार्वजनिक भएको छ । गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, सङ्गीतकारद्वय दीपक जङ्गम र शक्ति बल्लभसमेतले सार्वजनिक गर्नुभएको उक्त एल्बम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । सात गीत रहेको उक्त एल्बममा रहेका सबै गीतमा सङ्गीतकार राजकुमार बगरको सङ्गीत छ । गीतकार अधिकारीको […]