जीतपुर, ५ असोज । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट आफूले पाउनुपर्ने रु ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् । रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही रु दुई […]
Author: Desk Nonstop
पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र
चितवन, ५ असोज । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको […]
उद्योगीलाई मागेअनुसार विद्युत् दिन युद्धस्तरमा काम
काठमाडौँ, ५ असोज । उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण […]
शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, ५ असोज । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०५ बिन्दु अर्थात् १।३९ प्रतिशतले घटेर एक हजार १३९।२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९।७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार […]
व्यावसायिक कागतीखेतीमा किसान
डोटी, ५ असोज । जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाएका थिए । कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उनले भने । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोप्नु […]
पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन
काठमाडौँ, ५ असोज । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा उक्त सम्मेलन हुने भएको हो […]
न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा : दिनमा क्याम्पस, राति होटलमा मजदूरी
भीमदत्तनगर, ५ असोज । न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् । बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै सुदूरपश्चिम प्रदेशका ३१ महिला तथा पुरुष क्रिकेट खेलाडी अभ्यासमा जुटेका छन् । कैलालीको धनगढीस्थित ‘कैलाली बहुमुखी क्याम्पस’मा […]
आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड अवरुद्ध
गोरखा, ५ असोज । गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ । लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ । “सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको […]
यौन दुव्र्यवहारका अभियुक्तलाई कैद
सप्तरी, ५ असोज । जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ । अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला […]
अनियमित विद्युत् कटौतीका मारमा स्थानीयवासी
निजगढ, ५ असोज । नेपाल विद्युत् प्राधिकरणको निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाका कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौती हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । निजगढ शाखा र चन्द्रपुर शाखाले सूचनाबिनै घण्टौँसम्म विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणलाई दुःख दिने गरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् । चन्द्रपुर सबस्टेशन शाखा तथा निजगढ वितरण शाखा र […]











