‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई

काठमाडौँ, ५ असोज । सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पु¥याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने निर्णय […]

प्रहरीलाई सहुलियतमा ऋण सुविधा

काठमाडौँ, ५ असोज । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयानुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी अधिकृत र कनिष्ठ प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका प्रहरी कर्मचारीका लागि […]

एम्बुलेन्स दुर्घटनाका घाइतेको आर्थिक सहयोगका लागि याचना

खोटाङ, ५ असोज । बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका खोटाङका युवाको अवस्था चिन्ताजनक छ । खोटाङ जिल्ला अस्पतालबाट बिरामी लिएर हिँडेकोे ट१झ ५०१ नंको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का ३५ वर्षिय युवराज आचार्यको अवस्था चिन्ताजनक भएको हो । जिल्ला अस्पतालबाट बिरामी लिएर थप उपचारका लागि विराटनगर […]

छ हजार घर पुनःनिर्माण

दमौली, ५ असोज । तनहुँका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन् । आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनीयर सुनिता श्रेष्ठका अनुसार छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । […]

आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने

काठमाडौँ, ५ असोज । राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्त गर्नुपर्नेमा प्रतिनिधिसभाका सांसदहरुले जोड दिनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा समितिका सदस्यहरुले महिला आयोग लामो समयसम्म पदाधिकारीविहीन हुँदा सेवाग्राही सेवाबाट बञ्चित हुनुपरेको भन्दै जतिसक्दो चाँडो पदाधिकारी नियुक्त गर्नुपर्नेमा जोड दिएका हुन । सांसद लक्ष्मी परियारले विगत दुई वर्ष […]

चोत्र गाउँको घरबासमा पर्यटक वृद्धि

सिञ्जा, ५ असोज । जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास (होमस्टे)मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । त्यहाँको घरबासमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटक पुग्ने गरेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने त्यो गाउँ घरबास गाउँका रुपमा विकसित भएको […]

सिकल सेल नियन्त्रणको नमूना अभियान

धम्बोझी, ५ असोज । विशेष गरी थारु समुदायमा पाइने ‘सिकल सेल’ एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले पहिलोपटक नमूना परियोजना शुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलोपटक ‘सिकल सेल’ रोगसम्बन्धी अभियान सञ्चालन गरेको हो । थारु समुदायमा मात्र लाग्ने यो रोगका कारण कलिलो उमेरमै धेरैको मृत्यु हुने, रोगले घरका सबै परिवार […]

तिनाउ–कालीगण्डकी डाइभर्सन अपरिहार्य

रुपन्देही, ५ असोज । तिनाउ नदीमा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ । पानी सुक्दै जाँदा नदीको तल्लो तटीय क्षेत्रमा खानेपानी र सिँचाइको समस्या देखापर्न थालेको छ । हिजोआज रुपन्देहीका अधिकाँश क्षेत्रमा ह्याण्डपम्प र ट्युवेलहरु सुकेका छन् । सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ । वर्षात्को यो समयमा […]

टावरमा आगजनीपश्चात् सञ्चारविहीन

बैतडी, ५ असोज । डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ । साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो । टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताए । फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले […]

खोलाको जग्गा धितो राखेर ऋण

काठमाडौँ, ५ असोज । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् । उनीहरुले […]