मिस मुस्ताङको उपाधि मेलिनालाई

मिस मुस्ताङको उपाधि मेलिनालाई मुस्ताङ, ८ असोज । मिस मुस्ताङ २०७६ को उपाधि मेलिना थकालीले जितेकी छन् । घरपझोङ गाउँपालिका–३ स्याङ्की २० वर्षीया थकालीले अन्य आठ जना प्रतिस्पर्धीलाईपछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । थाक खेलकूद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको सो प्रतियोगितामा थासाङ गाउँपालिका–५ ताक्लुङ्की मनिषा हिराचन फस्ट रनरअफ र जोमसोमकी एलिना […]

मानव बेचबिखन नियन्त्रणका लागि समिति विस्तारमा जोड

काठमाडौँ, ८ असोज । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानूनी प्रावधानअनुसार स्थानीय तहसम्म सरोकारवाला सम्मिलित समिति बनाउनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीले स्थानीय प्रादेशिक र स्थानीय तहसम्म पनि सो समिति विस्तार गर्नुपर्ने सुझाव दिए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली, २०६५ […]

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ, ८ असोज । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको […]

जङ्गली जनावर धपाउन खेतमै डेरा

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् । “जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले भने, “जनावर भगाउनमै अनिदोमै […]

परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी

न्यूयोर्क, ८ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गरे । प्रतिरोधात्मक कूटनीति, दिगो […]

तीन दिनमा ४४ घरमा चोरी

गुल्मी, ८ असोज । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत […]

रतन्छामा घरैपिच्छे माछापोखरी

खोटाङ, ८ असोज । सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीका प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ । जताततै पर्याप्त पानीको स्रोत रहेको रतन्छामा विसं २०५४ मा काठमाडौँस्थित गोदावरीबाट तीन हजार माछाका भुरा ल्याएर वितरण गरिएको […]

रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य

काठमाडौँ, ८ असोज । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको […]

बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित

तनहुँ, ८ असोज । जिल्लामा सञ्चालन हँुदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट […]

आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर, ८ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए । कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त […]