भक्तपुरमा मनाइने जात्राहरुमध्ये सबैभन्दा महत्वपूर्व बिस्केट जात्रालाई सभ्य र भब्य बनाउन सद्भाव र्याली सम्पन्न भएको छ । र्याली पछि आयोजित कोण सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्केट जात्रा मार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्य ढंगले प्रस्तुत हुन अपील गरेका छन । बुधवार बिहान दत्तात्रय देखि शुरु भएर तौमढीमा सम्पन्न र्यालीलाई सम्बोधन गर्दै प्रमुख […]
Author: Desk Nonstop
अधिनायकबादी नभन्न कांग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकबादी नभएको जिकिर गर्दै अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न चेतावनी दिएका छन । बुधबारबाट राजधानीमा सुरू भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई उक्त चेतावनी दिएका हुन् । अधिनायकवाद आयो भनेर कांग्रेसले जतिसुकै कराएपनि जनताले विश्वास नगर्ने उनको दावी छ ।”मुलुक अधिनायकवादतर्फ नभई […]
काभ्रेबाट पक्राउ परेका नेता सुदर्शनलाई प्रहरीले ललितपुरको थेचु पुर्यायो, जबर्जस्ती हतियार भिडाउने योजना
काठमाडौं । काभ्रेबाट गिरफ्तार परेका नेकपा कम्युनिष्ट पार्टीका प्रभावशाली नेता सुदर्शनलाई प्रहरीले काठमाडौं ल्याउनुको साटो ललितपुरको बिकट गाउँपालिका थेचु पुर्याएको छ । नेता सुदर्शन हतियारसहित समातिएको दावी गर्न उनलाई प्रहरीले ललितपुरको थेचु पुर्याएको र त्यहाँ जबर्जस्ती हतियार भिडाउन खोजिएको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन् । सुदर्शन सवार ‘गाडीमा एक वटा पेस्तेल र बिस्फोटक पदार्थ […]
जनमत पार्टीको अध्यक्ष बने सीके राउत, यस्तो बन्यो केन्द्रीय समिति
सिरहा, ४ चैत । स्वतन्त्र मधेश गठबन्धनको नाममा राजनीतिक क्रियाकलाप अगाडि बढाउँदै आएका डा.सीके राउतले ‘जनमत पार्टी’ गठन गरेको घोषणा गरेका छन् । दुई दिनसम्म लहानमा चलेको राष्ट्रिय परिषद् बैठकबाट सोमबार डा.राउतले जनमत पार्टी घोषणा गरेका छन् । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय रहेको छ । केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि […]
शिक्षक बन्नको लागि विएड पढ्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य
शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । एक वर्षे विएड सरह मान्यता प्राप्त हुने गरि ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालीम’ संचालनमा आउने भएपछि शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो […]
यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति
नेपालबाट मधेशलाई अलग गरेर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले नेपाल सरकारसँग सहमति गरेका छन् । नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको छ। राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका […]
कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको छ, अब कामले गति लिन्छ : मुख्यमन्त्री शाही
दुल्लु, २४ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको र समायोजन मार्फत सबै प्रशासनिक संरचनामा छिट्टै कर्मचारीको व्यवस्थापन गर्ने बताएका छन । संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । शुक्रवार दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सव-२०७५ तथा कर्णाली प्रदेशस्तरीय उद्यम, […]
देशभरबाट मात्र ६ स्थानीय तह सम्मानित
काठमाडौँ, २३ फागुन । राष्ट्रिय महिला आयोगले ६ ओटा स्थानीय तहलाई सम्मान गरेको छ । महिला हक, अधिकारको संरक्षण गर्दै महिला हिंसा न्यूनीकरण गर्न महत्वपूर्ण योगदान गरेवापत ६ स्थानीय तह सम्मानित भएका हुन् । राष्ट्रिय महिला आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा तिनीहरुलाई सम्मान गरेको हो । सम्मान पाउने स्थानीय तहहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौँको […]
रोल्पामा अज्ञात समूहद्वारा आगजनी
रोल्पा, २३ फागुन । त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ । यसअघि गत […]
राहत शिक्षकको आन्दोलन फिर्ता, कारण यस्तो
काठमाडौँ, २३ फागुन । काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन । सरकारसँग तीन बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिबीच तीन बुँदे सहमति भएपछी आन्दोलन फिर्ता भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका […]










