सङ्गठन र संरचना व्यवस्थापन गरेका छौँ : योजनामन्त्री ज्वाला

सुर्खेत, ८ असोज । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले सङ्गठन र संरचना व्यवस्थापन गरेको बताएका छन । कर्णाली प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको ३१औँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै योजनामन्त्री ज्वालाले प्रदेशको विकासका लागि सङ्गठन र संरचना व्यवस्थापन गरिएको बताए । प्रदेशको विकास र जनताको सेवालाई सहज […]

मेगामा गाभिँदै गण्डकी विकास बैंक

काठमाडौँ, ८ असोज । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुवै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतको रोहवरमा आज सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन । यो प्राप्तिपश्चात् मेगा […]

रोकिएन नेप्सेको ओरालो यात्रा

काठमाडौँ, ८ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि पुनःओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।०३ अङ्कले घटेर एक हजार १३१।५३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक पनि ०।७१ अङ्कले घटेर २४७।७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ […]

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छः मुख्यमन्त्री भट्ट

कैलाली, ८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताएका छन । प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री भट्टले भने, […]

लैङ्गिक हिंसाका उजूरीकर्ता महिला, पीडित पुरुष

रोल्पा, ८ असोज । र गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन । महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआएको महिला सेल अचम्ममा प¥यो । उजूरी दर्ता […]

बजेट अधिवेशन अन्त्य

विराटनगर, ८ असोज । प्रदेश नं १ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए । बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ […]

सिक्दै डेढ वर्ष बित्यो : उपसभामुख

काठमाडौँ, ८ असोज । सङ्घीय संसद् र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयताअनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाएका छन । उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसद्मा निरन्तर अभ्यास भइरहेको भए पनि प्रदेशमा विशुद्ध नयाँ अभ्यास भएको हुँदा सिक्नैमा धेरै समय खर्च भएको उपसभामुखले आफ्ना अनुभव सुनाएका […]

ह्याकरहरुको अर्को समूह समातियो : ५अर्ब रुपैयाँ चोर्ने योजना बनाएका ह्याकरहरु फन्दामा

काठमाडौं, ८ असोज । एटीएमबाट ठूलो रकम निकाल्ने चिनियाँ ह्याकरहरुलाई समात्न सफल नेपाल प्रहरीले कृषि विकास बैंकबाट अर्वौ चोर्ने योजना समेत असफल बनाइदिएको छ । भारतमा बसेर नेपालको बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना बुन्ने ह्याकरहरुको समूह प्रहरीको फन्दामा परेको हो । बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले पत्रकार सम्मलेन मार्फत ह्याकरहरू पकाउ परेका जानकारी गरेको […]