रोकिएन नेप्सेको ओरालो यात्रा

काठमाडौँ, ८ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि पुनःओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।०३ अङ्कले घटेर एक हजार १३१।५३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक पनि ०।७१ अङ्कले घटेर २४७।७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ । आज कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई समूहको मात्र शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । लघुवित्त ०।८ र अन्य उपसमूहको शेयर ३।१९ अङ्कले बढेको छ ।

यसैगरी बैंकिङ ४।८३, व्यापार २।३७, होटल २।२९, विकास बैंक ३।२९, जलविद्युत् १।४५, वित्त ३।४८, निर्जीवन बीमा २२।४४, उत्पादन ३।२७, जीवन बीमा ३।०८ र सामूहिक लगानी कोषको शेयर ०।१ अङ्कले घटेको छ ।

आज कुनै पनि कम्पनीको शेयर एक करोडमाथि कारोवार हुन सकेनन् । कारोवार रकमका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ८६ लाख ५६ हजार २२९ मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल बैंकको रु ८३ लाख २४ हजार ५११, प्रभु बैंकको रु ६८ लाख १८ हजार १९१, नेपाल लाइफ इन्स्योरेन्सको रु ५९ लाख ६३ हजार ७४० र एनआइसी एशिया बैंकको शेयर रु ५८ लाख चार हजार २०९ मा खरीद बिक्री भयो ।

परिसूचक घटे पनि खानीखोला हाइड्रोपावरका शेयरधनीले ९।४३ प्रतिशतले कमाए । यस्तै कर्णाली डेभलपमेन्ट बैंक ३।०३, माउन्टेन हाइड्रो नेपाल २।५६, देव विकास बैंक २।३८, अरुण कावेली पावर २।३१ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दुई प्रतिशतले कमाए ।

यसैगरी तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६।९६ प्रतिशतले गुमाउँदा प्रोग्रेसिभ फाइनान्स ५।७६, गुराँस लघुवित्त वित्तीय संस्था ४।०४, सिर्जना फाइनान्स ३।०३, हिमालयन जनरल इन्स्योरेन्स २।९३ र सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले २।८९ प्रशितले गुमाए ।

Loading...