ह्याकरहरुको अर्को समूह समातियो : ५अर्ब रुपैयाँ चोर्ने योजना बनाएका ह्याकरहरु फन्दामा

काठमाडौं, ८ असोज । एटीएमबाट ठूलो रकम निकाल्ने चिनियाँ ह्याकरहरुलाई समात्न सफल नेपाल प्रहरीले कृषि विकास बैंकबाट अर्वौ चोर्ने योजना समेत असफल बनाइदिएको छ ।

भारतमा बसेर नेपालको बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना बुन्ने ह्याकरहरुको समूह प्रहरीको फन्दामा परेको हो ।

बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले पत्रकार सम्मलेन मार्फत ह्याकरहरू पकाउ परेका जानकारी गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन्। उनीहरुमध्ये ४ जनालाई प्रहरीले पत्रकार माझ सार्वजनिक समेत गरेको छ ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरि भइसकेको अवस्थामा बैंकले प्रहरीलाई खबर गरेको थियो । सोमबार र मंगलवार बैंक बाट अस्वभाविक रुपले रकम झिकोएपछि झस्किएको बैंकले प्रहरीलाई खबर गर्नासाथ खटिएको अपराध महाशाखाको टोलीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएपछि ठूलो रकम चोर्ने योजना बनाएका ह्याकरबारे पर्दाफास भएको थियो ।
उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

बैंककै म्यानेजरको अकाउन्ट ह्याक गर्दै कृषि विकास बैंकको रकम निकालिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको भनेको छ ।

Loading...