ओलम्पिक कमिटीको निर्वाचन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको तत्काल निर्वाचन नगर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले कमिटीको भदौ २२ गतेसम्म निर्वाचनसम्बन्धी कार्य अगाडि नबढाइ यथास्थितिमा राख्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उक्त आदेशमा दुवै पक्षलाई राखेर छलफल गरी उचित निकासमा पुग्नु मनासिब […]

बेलायतले अझै पनि ब्रेक्जिट सम्झौता संशोधनको योजना अघि सार्न सक्छ : इयू

ब्रसेल्स, १७ भदौ । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ । यूरोपेली आयोगकी प्रवक्ताले भनिन, “बेलायतसँग बहिर्गमनका सम्बन्धमा कूटनीतिक प्रक्रियाबारे ‘प्राविधिक वार्ताहरू’ भइरहेका छन् तर यसमा कुनै उल्लेखनीय प्रगति भएका छैनन् ।” बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटका लागि नयाँ सम्झौता […]

प्रदेश प्रमुखबाट लोकसेवा आयोग विधेयक प्रमाणीकरण

विराटनगर, १७ भदौ । प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन । प्रदेशसभाको भदौ १० मा बसेको ४०औँ बैठकले सो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुला भएको छ । नेपालको […]

स्थानीय तहलाई सुदृढ बनाए मात्र लोकतन्त्र बलियो : खरेल

भद्रपुर, १७ भदौ । महान्यायाधिवक्ता अग्नि खरेलले संविधान, सङ्घीय सरकार र प्रदेश सरकारसँग बाझिने गरी कानून नबनाउन स्थानीय तहलाई निर्देशन दिएका छन । जिल्ला समन्वय समितिको आयोजनामा आज झापाको चन्द्रगढीमा आयोजित ‘स्थानीय कानून निर्माणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा महान्यायाधिवक्ता खरेलले स्थानीय तहका जनप्रतिनिधिहरु सङ्क्रमणकाल र परीक्षणमा भएको हुँदा आवश्यक कानून निर्माण गर्दा संविधानका आधारमा बनाए मात्र दर्बिलो […]

फेन्टानिलबारे ट्रम्पको भनाई आधारहीन ः चीन

बेइजिङ, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्ने प्रतिवद्धतालाई पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाई आएको हो । चिनियाँ ‘नेशनल नारकोटिक कन्ट्रोल कमिसन’ […]

काङ्ग्रेसले सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ, १७ भदौ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी भदौ २० र २१ गते काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिन लागेको जानकारी दिएको हो । प्रदेश–३ को […]

अशोकविनायकबाट कमलादीसम्म गणेश रथयात्रा

काठमाडौँ, १७ भदौ । गणेश चतुर्थी पर्वका अवसरमा राष्ट्रिय धर्मसभा नेपालले वसन्तपुरस्थित अशोकविनायकबाट कमलादी गणेशस्थानसम्म गणेश रथयात्रा गरेको छ । शङ्ख, घण्टको ध्वनि एवं सांस्कृतिक झाँकीसहित दुःख विनाशक मानिने भगवान् गणेशको रथयात्रा गरिएको हो । विसं २०६५ देखि धर्मसभाले गणेश रथयात्रा शुरु गरेको थियो । भाद्र शुक्ल चतुर्थीका दिन व्रत बसी प्रथम पूजाको अधिकार पाउनुभएका […]

मनाइयो ऋषिपञ्चमी

काठमाडाँै, १७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजीकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको […]

गाईलाई भिरबाट खसालेर मारेका हैनौँ: नगर प्रमुख राणा

नेपालगञ्ज, १७ भदौ । नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आज प्रतिक्रिया दिएका छन । उक्त घटना हुँदा बाहिर रहनुभएका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि आज यहाँका पत्रकारसँगको छलफलमा भने, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन […]

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई प्रभावकारी बनाउन सरोकारवालासँगको छलफललाई तीव्रता

काठमाडौँ, १७ भदौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न सरोकारवालासँगको छलफलाई तीव्रता दिएको छ । कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज नीतिनिर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार, अर्थशास्त्री, सरकारका उच्च अधिकारी तथा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल गरेको हो । गत वर्ष ढिलै भए पनि […]