चिकित्सा शिक्षा आयोग पूर्ण नहुँदा बल्झियो छात्रवृत्ति विवाद

काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा आयोगको पूर्णतामा ढिलाइ भएपछि चिकित्सा शिक्षामा छात्रवृत्ति र शुल्क व्यवस्थापनको विषय पुनः बल्झिएको छ । एमबिबिएस प्रवेश परीक्षाको सम्मुखमा विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का चिकित्सा अध्ययन संस्थान र परीक्षा सञ्चालन शाखामा शुरु गरेको तालाबन्दी तोडाउन यस बीचमा भएका वार्ता निष्कर्षविहीन भएका छन् । वार्ता सफल नभएमा यही भदौ २१ गतेदेखि […]

सेनाले पश्चिममा एयर बेसको शुभारम्भ गरे

काठमाडौँ, १७ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम एयर बेस सञ्चालनको शुभारम्भ गर्नुभएको छ । काठमाडौँबाट मात्र हुँदै आएको हवाई परिवहन सुविधालाई पश्चिम र पूर्व एयर बेस हुँदै मुलुकभर विस्तार गर्ने नीतिअनुरुप सेनाले सुर्खेतमा एयर बेसको विस्तार गरेको हो । सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेतस्थित पश्चिम एयर बेसमा […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०।५७ विन्दु अर्थात् १।७६ प्रतिशतले बढेर एक हजार १९०।९० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३।९३ विन्दु अर्थात् १।५३ प्रतिशतले बढेर २६०।२३ विन्दुमा पुगेको […]

बाबुछोराको हत्या

वालिङ, १७ भदौ । स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो । बाबु र छोराको कम्मरभन्दा माथिको भागमा […]

नागरिकतामा पतिको नाम राख्ने वा नराख्ने

काठमाडौँ, १७ भदौ । नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय विषयमा मत बाझिएका कारण समिति […]

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स

काठमाडौँ, १७ भदौ । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । यसअघि यही भदौ […]

लाहा प्रशोधन कारखाना सञ्चालन

भद्रपुर, १७ भदौ । झापाको गौरादहमा सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दीका लागि प्रयोग हुने लाहा (चप्रा) प्रशोधन कारखाना सञ्चालन गरिएको छ । भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा कारखानामा काम गर्नुभएका गौरादह नगरपालिका–२ का ५४ वर्षीय डम्बर विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले गत वैशाखमा रु २० लाखको लगानीमा ‘निर्मल चप्रा […]

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

काबुल,१७ भदौ । अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ । काबुलको आवासिय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य १ सय १७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ […]

भावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

बेझाड, पाल्पा, १७ भदौ । प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ कार्यक्रम सञ्चालनमा आएपछि यहाँका कृषकहरु उत्साहित बनेका छन् । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ को हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ्गफाँट र तानसेन नगरपालिका–१४ को अर्गली क्षेत्रमा […]

शुरु भयो, विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौँ, १७ भदौ । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ । विद्युत् […]