नौ करोड ५९ लाख कम राजश्व सङ्कलन

विराटनगर, भदै १७ । मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०७४÷ ७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख […]

दुईको आत्महत्या

काठमाडौँ, १७ भदौ । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका […]

आन्दोलनका कारण २ विश्वविद्यालयको प्रवेश परीक्षा अन्योलमा

काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही भदौ २१ र २३ गतेका लागि एमबिबिएस तहको प्रवेश परीक्षा निर्धारण गरेकामा करीब १९ हजार छात्रछात्रा सहभागी हुने भएका थिए । ती दुबै विश्व विद्यालयका परीक्षा […]

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

काठमाडौँ, १७ भदौ । विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिए । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, […]

मुस्ताङमा रयाफ्टिङ ’ परीक्षण

मुस्ताङ, १७ भदौ । मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा रयाफ्टिङ (लयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९/२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको […]

१२ खोपकेन्द्र भवन निर्माण

बेझाड, १७ भदौ । पाल्पाको रामपुर नगरपालिकामा १२ खोपकेन्द्र भवन निर्माण गरिएको छ । खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ मा रामपुर नगरपालिकाबाट दुई वटा खोपकेन्द्र निर्माणका लागि रु तीन÷तीन लाख रकम विनियोजन भएको थियो । सो अन्तर्गत वडा नं […]

विद्युत् विस्तार हुन सकेन

बैतडी, १७ भदौ । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत् विस्तार हुन सकेको छैन् । कूल १२० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत् विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत् भने अहिलेसम्म शुरु भएको छैन् । केही पोल र तारको काम भए पनि काम […]

सुनको मूल्य तोलाको ५०० ले बढ्यो

काठमाडौँ, १७ भदौ । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै तेजाबी […]

आधाभन्दा बढी मुद्दा फछ्र्यौट

विराटनगर, १७ भदौ । उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा ५६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेर आएका ९५६ गरी कूल चार हजार ४२४ मध्ये दुई हजार ४८२ मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ । यो कूल फछ्र्यौट मुद्दाको ५६ दशमलव एक प्रतिशत हो । […]