काठमाडौँ । सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ लाई संशोधन गरेको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ कार्यान्वयनमा आएको हो। यसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो निकाय बनाउने गरी थप अधिकार दिएको छ। बचत तथा ऋण कारोबारको सीमा र सन्दर्भ ब्याजदर तोक्न प्राधिकरणले सक्ने लगायतका व्यवस्था थपिएको छ। यसअघि यस्तो अधिकार राष्ट्रिय सहकारी विकास […]
Author: ननस्टप संवाददाता
अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा नयाँ प्रणाली सुरु गरेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने […]
यूएईविरुद्ध नेपाली टिममा फेरबदल, विनोद र अर्जुनले पाए मौका
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध आजको खेलमा नेपाली टिममा ठूलो परिवर्तन देखिएको छ । त्रिवि क्रिकेट खेलमैदानमा भर्खरै सुरु भएको खेलमा ब्याटिङ तथा बलिङमा नेपालले ठूलो परिवर्तन गरेको हो । नेपालको दुवै नियमित ओपनर आजको खेलमा छैनन् । कुशल भुर्तेल र आसिफलाई बाहिर राख्दा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले मौका पाएका छन् […]
आजदेखि ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेल घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ । समायोजन भएको मूल्य आजदेखि लागू भएको छ । निगमले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो । नयाँ मूल्य अनुसार अब पहिलो वर्गका […]
नेपालसहित विश्वभर आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
काठमाडौँ । श्रमिक अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षाको सन्देशसहित आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक नाराबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा सन् १८८९ मा फ्रान्सको […]
३ वायुको प्रभाव कायमै, आज पनि सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र […]
राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिदसम्बन्धि अध्यादेश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्। आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । तर सरकारले यसअघि पठाएका ४ अध्यादेश भने अझै स्वीकृत हुन बाँकी छ । सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी […]
रोल्पामा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो, उद्धार कार्य जारी
काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप […]
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले यो सहित ६ वटा अध्यादेश पठाएपछि अहिलेलाई एउटा मात्रै जारी गरेका […]
त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिए राजीनामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन्। त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिएका हुन्। त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आफूहरूले राजीनामा पत्र पठाइसकेको जानकारी दिए। उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र […]











