काठमाडौं । गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट बाहिरिएको छ। इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो। फार्स समाचार एजेन्सीलाई उद्धृत […]
Author: ननस्टप संवाददाता
आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले […]
सरकार सहमतिबाट पछि हटेको भन्दै नेपाल शिक्षक महासंघले दियो आन्दोलनको चेतावनी
काठमाडौँ । नेपाल नेपाल शिक्षक महासंघले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ। महासंघले विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारी मैत्री प्रावधानहरू समावेश नगर्न खोजिएको आरोप लगाएको छ। महासंघले अघिल्ला ८९ दिने आन्दोलन र त्यसपछि भएका समझौता सम्झाउँदै सरकारले प्रतिबद्धता उल्लङ्घन गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो। विशेषगरी, वैशाख १७ गते राज्य पक्ष […]
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली […]
यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको […]
अब साउन १ गतेदेखि सरकारी निकायले चेक काट्न नपाउने
काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको […]
स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद […]
इनरुवामा शंकास्पद तरिकाले घरभित्रै मृत भेटिए दम्पत्ति
विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ । सवेताको शव […]
राजेन्द्र लिङ्देनविरुद्ध लट्ठी टेकेर निर्वाचन आयोग पुगे नवराज सुवेदी
काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष […]
उत्तर कोरियाको प्रतिबद्धता – युक्रेन युद्धमा रुसलाई ‘बिना सर्त समर्थन’
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका […]











